नुवाकोटको विदुरमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना हुने
काठमाडौँ । नुवाकोट जिल्लाको विदुर नगरपालिकामा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सीटीभीटी) सोमबारको बैठकले विदुर नगरपालिकामा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय स्थापना गर्ने गरी सैद्धान्तिक सहमति दिएको शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीका निजी सचिव विनोद न्यौपानेले जानकारी दिए ।
न्यौपानेले सोमबारको बैठकले गरेको निर्णय मंगलबार शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रमाणिकरण गरेका छन । योसँगै नुवाकोटको विदुरमा बहुप्राविधिक शिक्षालय स्थापना हुने निश्चित भएको छ । नेकपाकै केही नेताको असहमतिका बाबजुत सांसद हितबहादुर तामाङ, नेकपा प्रदेश नम्बर तीन कमिटीका सदस्य रामशरण प्याकुरेल नेकपा नुवाकोटका युवा नेताहरू गणेश श्रेष्ठ, नारायण घिमिरे, अनुजकुमार श्रेष्ठ र नुवाकोट सरोकार समाजले नुवाकोटमा प्राविधिक शिक्षालय स्थापना गर्ने विषयमा पहलकदमी लिँदै आएका थिए ।
नुवाकोटको विदुर नगरपालिकामा बहुप्राधिक शिक्षालय स्थापना गर्ने निर्णय भए पनि जग्गाको विषय खोजीकै चरणमा रहेको नुवाकोट सरोकार समाजका महासचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए । उनले नगरपालिकाको वडा नम्बर २ मा स्थानीयहरूले ६५ रोपनी जग्गा शिक्षालय स्थापनाका लागि भनेर खोजी गरेको जानकारी दिए । शिक्षालय स्थापनाका लागि कम्तिमा ५० रोपनी जग्गा आवश्यक हुने मन्त्रीका निजी सचिव न्यौपानेले बताए । सम्भाव्यता अध्ययनको क्रममा अन्य वडामा जग्गाको खोजी हुने बुझिएको छ ।
बिदुर नगरपालिकाको शेरा दरबार क्षेत्रको १८१ रोपनी जग्गा अहिले भूमाफियाको चलखेलमा परेको हुँदा स्थानीय सरकारले उक्त क्षेत्रमा पोष्टबहादुर बहुप्राविधिक शिक्षालय राख्दा नुवाकोट जिल्लाको मध्य भागमा सबैका लागि उपयुक्त हुने नुवाकोटबासीको भनाई रहेको छ ।
लामो राजनीतिक पृष्ठभूमि भए पनि नुवाकोटमा प्राविधिक शिक्षालय स्थापनाका लागि नेपाली कांग्रेसले खासै चासो नदिइरहेको सम्बन्धमा नेकपा नुवाकोटको नेताहरूले नेकपाको सरकार रहेको बेलामा शिक्षालय स्थापनाको निर्णय गराउन सफल भएका छन । यसअघि ६४ जिल्लामा प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् स्थापना भैसकेपनि नुवाकोटमा भने पहिलो पटक सिटीभिटीको आंगिक कलेज स्थापना हुने भएको छ । यो नुवाकोटका नागरिकका लागि खुशीको विषय हो ।
तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका स्वर्गीय बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयका लागि केही सातामै सम्भाव्यता अध्ययनको काम समेत सुरू हुने भएको छ । उक्त शिक्षालयसँगै काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ३ मा मनमोहन पोलिटेक्निकल इन्स्टिच्यूट पनि स्थापना हुने भएको छ । उक्त इन्स्टिच्यूट स्थापनाका लागि पनि सम्भाव्यता अध्ययनको काम सुरू गर्ने निर्णय भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पोष्टबहादुर बोगटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्