दलित, सिमान्तकृत विद्यार्थीहरुलाई टोखा नगरपालिकाद्धारा शैक्षिक सामाग्री बितरण
कोरोना बाट प्रभावित भएका विद्यार्थीहरुलाई टोखा नगरपालिकाले शैक्षिक सामाग्री बितरण गरेको छ ।
कोरोना बाट प्रभावित भएका दलित, सिमान्तकृत, अल्पसंख्यक र लोपउन्मुख बर्ग र समुदायका विद्यार्थीहरुलाई टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शैक्षिक सामाग्री बितरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, नगर प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु जोग प्रसाद नेपाल र श्रीकृष्ण अधिकारी तथा नगर कार्यपालिका सदस्य उर्मिला विश्वक्रर्मा, वडा सदस्य रामभक्त घिमिरे लगायत जनप्रतिनिधिहरुले १ सय ६० जना जति विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको टोखा नगरपालिकाले जनाएको छ ।

सबै जातजाति र भाषाभाषीको उत्थानका लागि कार्य गरिरहेको बताउदै नगर प्रमुख अधिकारीले नगरको समग्र विकास र समृद्धिका लागि नगरपालिकाले सक्दो पहल गरिरहेको बताए ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिका महिला, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका, #शैक्षिक सामाग्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्