बिश्व किर्तिमानी मिङमा शेर्पाले दिए बिपद कोषमा १ लाख
संखुवासभा, खाँदबारी, ३१ असार
बिश्वका ८ हजार माथीका १४ वटै हिमाल चढेर बिश्व किर्तिमानी कायम राख्दै गिनिज बुकमा नाम लेखाउन सफल संखुवासभा मकालुका मिङ्मा शेर्पाले संखुवासभामा बिपदमा परेकालाई राहत उपलब्ध गराउन कांग्रेसले स्थापना गरेको राहत कोषमा रु १ लाख रकम प्रदान गर्नुभएको छ ।
राहत बितरणका लागि हेलिकप्टर मार्फत संखुवासभाको शिलिचोङ् आईपुगेका शेर्पाले आफ्नो हेलिकप्टर निशुल्क रुपमा राहत बोक्नका लागि उपलब्ध समेत गराउनुभएको छ ।

बिपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन नेपाली काँग्रेस संखुवासभाले स्थापना गरेको नेपाली काँग्रेस राहत संकलन उपसमितिलाई शेर्पाले रकम उपलब्ध गराउनुभएको हो । राहत संकलन उपसमितिका संयोजक निरु तामाङ्ग बस्नेतलाई रकम हस्तान्तरण गर्दै किर्तिमानी आरोही शेर्पाले बिपदको अवस्थामा एकले अर्कालाई सहयोग गर्नू मानवीय दायित्व र मुल धर्म भएकाले आफ्ना तर्फबाट थप सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
सहयोग रकम बुझ्दै राहत संकलन उपसमितिका संयोजक निरु तामाङ्ग बस्नेतले काँग्रेसले जिल्लामा बिपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन खडा गरेको राहत कोषमा स्वेच्छाले सहयोग गर्ने शेर्पालाई धन्यबाद ज्ञापन गर्दै यो बिपत्तिको घडिमा सहयोग गर्न सवैलाई आग्रह गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्