शिलिचोङ पहिरो बिस्थापितका लागि बराह दल गुल्मका सेनाले बनायो अस्थायी बासस्थान
संखुवासभाको शिलिचोङ्ग १ को बेसिन्दामा असार २७ गते राति पहिरो जाँदा बिस्थापीत भएकालाई अस्थायी बसोबासको ब्यवस्था गर्न शिलिचोङ्गको बुधबारे बजारमा टेन्ट निर्माण कार्य शुरु गरिएको छ । सेनाको बराहदल गुल्मले टेन्ट र शौचालय निर्माण गरेको हो ।
पहिरोमा ११ जना बेपत्ता भएका छन् भने बेपत्ताको खोजिमा खटिएका १ जनाको ज्यान समेत गएको थियो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका बिस्थापीत ८२ घरका ३ सय ८० जनालाई लाई अस्थायी बसोबासका लागि सिसुवाको बुधबारे बजारमा बराहदल गुल्मका सेनाले टेन्ट निर्माण गरेको हो ।

टेन्ट निर्माण गरिएसंगै बिस्थापीत भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको ब्यवस्था मिलाउने र थप राहत र उद्धारका कार्यलाई प्रभावकारी र सहज बनाउन बुधबारेमा ब्यवस्थापन गर्न लागिएको शिलिचोङ्ग गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले जानकारी दिए । उनले बिस्थापीतको उचित ब्यवस्थापनका लागि गाउँपालिकाले सकेको भुमिका निर्वाह गर्न बिभिन्न तैयारी गरिरहेको बताए । अझै पनि मौसममा सुधार आईनसकेको र थप जोखिमको डर कायमै भएकाले पहिरोको जोखिममा रहेको बेसिन्दाका बासिन्दालाई धेर्यता नगुमाउन र सतेच अवस्थामा रहन आग्रह गर्नूभएको छ ।
टेन्ट निर्माणको कार्यमा राजनितिक दलका प्रतिनिधी, स्थानीय प्रसासन, जिल्ला स्थीत शुरक्षा निकाय, नागरिक समाजको उल्लेख्य सहभागिता रहेको स्थानीय संयोगान्त कुलुङ्ले जानकारी दिए ।
अस्थायी बसोबासका लागि तैयार गरिएको टेन्टमा ट्वाईलेट, खानेपानी र बिजुली बत्ति जडानका लागि पहल भैरहेको उनको भनाई छ । असार २७ गतेको पहिरोमा हराईरहेका ११ जनाको खोजबिन जारी रहेपनि हालसम्म उनिहरुको अवस्था पत्ता लाग्न नसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

अहिले त्यस क्षेत्रमा प्रदेश सरकार र पुर्व राज्यमन्त्री दिपक खड्काले मंगलबार बितरण गरेको खाद्यान्नको भरमा बिस्थापीतले दैनीक गुजारा गरिरहेको स्थानीय संचारकर्मी खेवाहाङ मेवाहाङ्ले जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्