गुगलले दियो जनसंख्या सहित अयोध्या नेपालको प्रमाण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली अयोध्या नेपालमै भएको र अयोध्या र रामसिताका विषयमा गलत तथ्य प्रस्तुत गरेर भारतले सांस्कृतिक अतिक्रमण गरेको दावी गरेलगत्तै पक्ष विपक्षमा तथ्य प्रमाणसहित बहस हुन थालेको छ । केहीले प्रधानमन्त्रीको कुटनीतिक अपरिपक्वता भन्दै विरोध गरेका छन् भने तथ्य खोजी हुन पनि थालेको छ ।

अयोध्या नेपालमै भएका कारण नेपालमा धेरै पहिलादेखि ठोरी नजिकै हालको वागमती प्रदेश चितवन जिल्लाको माडी नगरपालिकामा पर्ने एउटा सानो गाउँ भएको तथ्य गुगलले पनि देखाएको छ । साविक अयोध्यापुरी गाविसको नाम राखिएको उक्त स्थान नै अयोध्या थियो भनेर प्रधानमन्त्रीदे दावी प्रस्तुत गर्नुभएको उक्त स्थानमा रहेको अयोध्यापुरी गाविसमा २०४८ को जनगणनामा १ हजार ४ सय ८३ घरधुरीमा ७ हजार ८ सय ३१ जनसंख्या थियो ।


प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा नेपालमाथि भारतीय सांस्कृतिक अतिक्रमण भएको तथ्य सहित प्रस्तुत हुनुभएको थियो । ओलीले जनसांख्यिक अतिक्रमण रोक्न नागरिकताको सन्दर्भमा, भौगोलिक अतिक्रमण रोक्न सिमानाका सन्दर्भमा कडा अभिव्यक्ति दिईरहनुभएको छ ।
प्रधानमन्त्रीका अभिव्यक्तिले भारत चिढिएको व्यवहार कुटनीतिक रुपमा देखाईरहेको छ भने भारतीय मिडियाहरुले नेपाल विरुद्धमा अनेक प्रोपापेगाण्डा सहितका समाचार सामग्रीहरु प्रसारण गरिरहेका छन् । नेपाल भारत तनावकै बीचमा प्रधानमन्त्री ओलीले सांस्कृतिक अतिक्रमण रहेको तथ्य राख्दै यो अतिक्रमणका विरुद्धमा पनि उभिने संकेत गर्नुलाई सामाजिक सञ्जालमा आम नागरिक तहबाट प्रशंसा भएको छ भने राजनीतिक र कुटनीतिक बृत्तमा भने अपरिपक्वता भन्दै आलोचना भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अयोध्या नेपालको प्रमाण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्