तारकेश्वर सानु बाइपास सडकको पिच ३ महिना पनि नटिक्दै भत्कियो
काठमाडौं । तारकेश्वर वडा नं. ६ को सानु बाइपास सडकको पिच ३ महिना पनि नटिक्दै भत्किएको छ । नगरपालिकाको योजनामा यहि चैत ९ गते सम्पन्न भएको पिच अहिले खाल्डै खाल्डामा रूपान्तरण भएको छ ।
उक्त सडकमा साइड ड्रेन नै नबनाई सडक पिच गरेको देखिन्छ । साइड ड्रेनबाट पानी बग्ने व्यवस्था नगरी पिच गरेका कारण पनि सडकमा पानी जमेर भत्किएको छ । गरिएको पिच पनि एकदमै पातलो रहेको छ ।
तारकेश्वर ६ सानो बाइपास सडकमा पिच गर्ने वित्तिकै लकडाउन भएको र भर्खरै असारबाट नीजि सवारी साधन चल्ने वित्तिकै सडकमा खाल्डैखाल्डा परेको नेपाली काँग्रेसका नेता विष्णुभक्त तिमिल्सिनाले बताउनुभयो ।
तिमिल्सिनाकाअनुसार अहिले उक्त सडकमा साँझ–बिहान हिँड्दा दुर्घटना हुन सक्ने भएकाले सर्तकता अपनाएर हिँड्नु परेको चिन्ता व्यक्त गरेका छन् । उनले कच्चा र गुणस्तरहिन काम गर्ने ठेकेदार र तारकेश्वर नगरपालिकाले तत्काल जनतालाई जवाफ दिनुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको मुटुमा रहेको बाटोमा नै ठेकेदारको लापरवाहीका कारण कमसल बाटो बन्दा पनि नगरपालिकाको इन्जिनियरले कसरी उक्त बाटो पास गरे एक स्थानियले नाम नबताउने सर्तमा प्रश्न भनेका छन् ।
आर्थिक वर्ष २०७५/७६ को १ करोड १० लाख बजेटमा उक्त सडक यसपाली निर्माण गरिएको तारकेश्वर नगरपालिकाको वरिष्ठ इन्जिनियर पूर्णकाजी महर्जनले बताउनुभयो ।
महर्जनकाअनुसार ठेकेदारले सडक बनाएको १३ महिनासम्म भत्केको भागलाई पूर्ण मर्मतसम्भार नगरे धरौटीमा राखेको २५ लाख जफत हुने चेतावनी दिएका छन् ।
चिसापानी–सानो बाइपास–जरंखु सडक कालोपत्रेको बनाउने जिम्मा न्यू ककनी कन्ट्रक्सनले पाएको थियो । उक्त कम्पनीका ठेकेदार धनबहादुर लामाले उक्त सडक पिच गरेका थिए । नगरपालिकाबाट इन्जिनियर कञ्चन भट्टले अनुगमन गरेका थिए ।
तारकेश्वरमा नगरपालिका स्तरिय काममा ठेकेदारबाट लापरवाही हुँदा पनि नगरपालिकाले किन अनुगमन गर्न सकेन ? कैयौं ठाउँमा ठेक्का पारेर काम सुरु गरेको ३–३ वर्ष हुँदा पनि ठेकेदारहरुले काम पुरा गर्न सकेका छैनन् । काम पुरा गर्न नसक्ने ठेकेदारहरुले धेरै ठाउँको योजनाहरु हात पार्न सफल भएका छन् ।
तारकेश्वर ९ को शुभकामना सडक निर्माण सुरु गरेको ३ वर्ष भएको छ । काम कहिले पुरा हुने हो हेर्न बाँकी छ । लोकतान्त्रिक चोकदेखि मनमैजु मन्दिरजाने बाटो १ वर्ष भयो काम सुरु भएको छैन । तारकेश्वर नगरपालिका भित्र यस्ता धेरै ठेक्का भएर पनि नबनेका योजनाहरु धेरै छन् ।
तारकेश्वर नगरपालिकाभित्र अहिलेसम्म बनेका धेरैजसो पिचहरु एक वर्षपनि टिक्न सफल भएका छैनन् । जसको कारण गुणस्तरीय काम गर्ने ठेकेदार नहुनु र इन्जिनियरहरुमा अनुभवको कमीका कारण पनि पक्की सडक नबनेको जनगुनासो बढिरहेको छ ।



क्याटेगोरी : समाचार
ट्याग : #सानु बाइपास सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्