संखुवासभाको सिसुवाखोलाको पहिरोले पुरिएकाको उद्धार र राहतमा जुट्न काँग्रेस नेता खड्काको आग्रह
नेपाली काँग्रेसका नेता दिपक खड्काले संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको पहिरोले पुरिएकाको उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।
नेता खड्काले आज एक विज्ञप्ती जारी गरी सिसुवाखोलाको बेसिन्दामा गएराती अविरल वर्षाका कारण आठ घर बगाएर ११ जना सम्पर्कविहिन भएको भन्दै उनीहरुको उद्धारमा जुट्न आग्रह गर्नुभएको हो ।
काँग्रेसको तर्फबाट संखुवासभामा संविधानसभा सदस्यमा निर्वाचित नेता खड्काले संखुवासभा सदरमुकाम खाँदबारीबाट झण्डै एक दिन टाढा विपन्न वस्तीमा गएको पहिरोले ठूलो जनधनको क्षति पुगेको बताउनुभएको छ ।
“बेसिन्दा गाउँ नै शोकमा डुबेको बेलामा म आँफै उक्त क्षेत्रमा राहत र उद्धारमा जुट्न प्रयासरत छु, देशमा तीन तहको सरकार भएको महशुस गराउन तत्काल राहत र उद्धारमा जुट्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई हार्दिक आग्रह गर्दछ,”– नेता खड्काद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
उहाँले उद्धारका क्रममा हृदयघात भएर एक जनाको मृत्यु भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
नेता खड्काले यस कठिन परिस्थिीतीमा उद्धारमा खटिन स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय संखुवासभा, जिल्ला दैवी प्रकोप उद्धार कार्यालय संखुवासभा, जिल्लाभित्रका विभिन्न सामाजिक संस्था, तरुण साथीहरुलाई खटिन आह्वान समेत गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्