संखुवासभाको सिसुवामा पहिरोले ११ बेपत्ता, ४ जनाको जीवितै उद्धार (नामावली सहित)
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ । पहिरोले ८ घर बगाएको छ भने ११ जना सम्पकविहीन छन् । ४ जनालाई स्थानीयले जीवितै उद्धार गरेका छन् ।
प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी, एन्जीला, नम्रता, गोरीमाया, प्रकृति, जुद्धबहादुर उत्तरकुमारी, नरमाया, हर्कधन र आईतमाया राई हराइरहेका छन् । स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई,फुलमाया र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । गाँउलेहरुका सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । यसैगरी दमका रोगी मदन राई हृदयघात भएर मृत्यु भएको आशंका गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
पहिरोले राममान राई, जुद्धबहादुर, माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दिप, भीमबहादुर, शिवधन र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ बगाएको हो । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्ले बताए । उनीहरु पनि घटनास्थल पुगिसकेका छैनन् । घटनास्थल विकट र सडक सञ्जाल समेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उनले बताए ।
सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामाग्रीसहित घटनास्थलतर्फ हिडिँसकेका छन् । उनीहरुलाई घटनास्थल पुग्न कम्तिमा १२ घन्टाभन्दा बढी लाग्छ । त्यस्तै, ताम्कुबाट पनि सेनाको टोली र स्वास्थ्यकर्मीको टोलीऔषधिसहित घटनास्थलतर्फ लागेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्