साङ्गलामा प्लटीङ्गको दादागीरीको कारण सडक हिलो , महिलाले सडकमै रोपे धान
तारकेश्वर नगरपालिका वडा न १ स्थित जगत कूँचिप्वाकलमोटरबाटो जग्गा प्लानिङको कारण सडक हिलाम्बे बनेको छ । जगत बसपार्क माथिको अब्यवस्थित प्लटिङ्गको कारण जगत बाट कुन्चीप्वाकल , नेपालथोक ढकाल चौर आउने बाटो अवरुद्ध भएको हो । सो स्थानमा जाने साङ्गला चुनीको बाटो समेत हिलाम्मे भएको कारण मोटर बाटो अवरुद छ । देशकै राजधानी काठमाडौ नजिक रहेको यो स्थान बिकाशका दृष्ट्रीले अत्यन्त पिछडीएको छ ।
प्लटीङ्गको दादागीरीकै कारण तिमिलिसना टोल , देबकोटा टोल , कुन्चीप्वाकल , नेपालथोक , सल्लेगाँउ , ढकालचौर , देवीस्थानका बासीन्दाहरुलाई आवत जावतमा कठिनाई भएको छ ।
यसैबिच सोही स्थानमा अवस्थित बालकुमारी महिला कृषि समूहले सडकमै धान रोपेर विरोध जनाएका छन् । पटक पटक प्लटिङ्ग र सरोकारवाल निकायमा उजुरी , गुनासो गर्दा समेत सुनुवाई नभएपछि दवाव स्वरुप सडकमै धान रोपीएको बालकुमारी महिला समूहकी अध्यक्ष सोभा देवकोटाले बताइन । उनले भनिन्, “पानी पर्दा सडक हिलाम्मे हुन्छ, घाम लाग्दा धूलो उडेर बस्नै नसक्ने भएपछि हामी बाटो बन्द गर्न बाध्य भएका हौं ।”
सिमित ब्यक्तीको स्वार्थका कारण पुरै गाउँबासीले सास्ती खेप्नु परेको र सडकको नाजुक अवस्थाका कारण एम्बुलेन्स समेत आउने बाटो नहुदा बिरामी लगायतका अत्यावश्यक सेवा प्रभावित भएको उनीहरुको भनाई छ ।
बर्खा को समयमा त्याहाबाट गाड़ी मात्र नभएर मान्छे सम्म हिंडन नसकने अवस्था भएको छ ।



क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #सडकमै रोपे धान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्