१ हप्ता नहुँदै भत्कियो तारकेश्वर ११ मा ५० लाखको पिच
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ११ अवस्थित घलेपुल छेउ नमुना नगरमा भर्खरै भएको पिच भत्किएको छ । संघीय सांसद् भिमसेनदास प्रधानको सांसद् कोषबाट बिनियोजित रकम रु. ५० लाखमा निर्माण भएको पिच १ हप्ता नहुँदै भत्किएको छ ।
तारकेश्वरमा यतिबेला धेरै ठाउँमा वर्षा सुरु भएपछि पिच कार्य सुरु भएको छ । स्थानीय सरकारले हिउँदभरि काम नगर्ने आर्थिक वर्षको अन्तिममा हतार हतारमा सबै ठाउँमा विकास निर्माणको काम सुरु गरेको हुँदा बनेका सडकहरु पनि पक्की भएका छैनन् ।
तारकेश्वरका धेरैजसो विकास निर्माणमा इन्जिनियरहरुका लापरवाहीका कारण बनेका सडकहरु गुणस्तरहिन भएका छन् । कहिँ बन्दाबन्दै पर्खाल भत्किरहेका छन् । कहिँ बनेको १ हप्तामै पिच भत्किँदा पनि नगरपालिकाले ध्यान नदिएको स्थानीयहरुको आक्रोश छ ।
जनताको करबाट निर्माण भएको सडकको पिच गर्न लगाउने सम्बन्धित निकाय, इन्जिनियर र ठेकेदारले तत्काल जनतालाई जानकारी दिन आवश्यक छ । सचेत नागरिकले वर्षायाममा भइरहेको पिचलाई रोक्नुपर्छ । हिउँदमा काम नगर्ने ? वर्षायाम सुरुभएपछि काम गर्न लगाउने स्थानीय निकायले यसको जिम्मेवारी लिन आवश्यक छ । राजनीतिक पार्टीका कार्यकर्ताहरु यतिबेला मेरो सरकार र मेरो नेताले दिएको बजेटभन्दै वर्षायाममा खर्च गर्न तँछाडमछाड गरिरहेका छन् ।
उक्त सडक निर्माणको जिम्मा बालाजुका ठेकेदार लिला तामाङले लिएका थिए । तारकेश्वर नगरपालिकाबाट इन्जिनियर हरेराम प्याकुरेलले उक्त सडक निर्माणमा अनुगमन गरेका थिए । इन्जिनियर हरेराम प्याकुरेलले भत्किएको स्थानमा भदौ लागेपछि बनाउनका लागि ठेकेदारलाई भनिसकेको बताउनु भयो ।
गत वर्षमात्र तारकेश्वर १० र ११ मा पर्ने हिलेटोलको मुल सडकमा करिव १ करोडमा गरेको पिच हप्ता दिनमै भत्किएपछि ३ पटकसम्म ठेकेदारले काम गर्नुपरेको थियो । उक्त सडक बनेको १ वर्ष भएको छैन त्यहाँको पिच धेरैजसो भत्किसकेको छ । उक्त पिच कार्यमा तारकेश्वर नगरपालिकाका इन्जिनियर शशि गुरुङ र विकास महर्जनले अनुगमन गरेका थिए ।
हिलेटोल सडकमा कमसल काम गर्ने ठेकेदार र इन्जिनियरलाई नगरपालिकाले अहिलेसम्म कारवाही गर्न सकेन । राष्ट्रिय मिडियाहरुमा उक्त सडकको मुख्य समाचार नै बनेको थियो ।
फरकपत्र
क्याटेगोरी : समाचार
ट्याग : #पिच १ हप्ता नहुँदै भत्कियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्