बालाजु प्रहरी वृत्तका एक प्रहरीमा कोरोना संक्रमण
काठमाडौं, २७ असार । बालाजु प्रहरी वृत्तका कार्यरत एक प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
वृत्त बालाजुमा अपराध अनुसन्धान तथा कारवाही शाखाका कार्यरत प्रहरी निरीक्षकसहित ५६ जनाको असार २४ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा पिसिआर परीक्षण गरिएको थियो ।
५६ जनाको परीक्षण गर्दा मुद्धा शाखाका एक प्रहरी निरीक्षकको रिपोर्ट असार २६ गते पोजिटिभ आएको हो ।
उनी हाल एपीफ हस्पिटल बलम्बुको आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
५४ वर्षिय प्रहरी निरीक्षकको स्थायी घर गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौंं जिल्ला, टोखा नगरपालिका वडा नं. ११ का निवासी हुन ।
बालाजुका डिएसपि विनोदसिह राठौरले यस विषयमा आफुलाई आधिकारिक जानकारी नआएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #बालाजु प्रहरी वृत्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्