खाँदबारी नगरपालिकाको कोरोना कोषमा ५६ लाख १८ हजार ९ सय ८० रुपैयाँ
संखुवासभाको सदरमुकाम खाँदबारीका बिभिन्न सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुले कोरोना राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराएका छन् ।नगरपालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षकहरुबाट संकलन गरिएको १० लाख ९१ हजार ७ सय रुपैयाँ शिक्षक महासंघ खाँदबारीका तर्फबाट खाँदबारी नगरपालीकाका प्रमुख मुरारी प्रसाद खतिवडालाई बुझाईएको अध्यक्ष तारा बहादुर बुढाथोकीले जानकारी दिए । खाँदबारी नगरपालीका भित्रका प्रा बि तथा निमाबि तहका शिक्षकबाट ३ दिनको तलब र माध्यमिक तहका शिक्षकले ५ दिनको तलब खाँदबारी नगरपालीकाको कोरोना राहत कोषमा उपलब्ध गराईएको उनले बताए । प्राबि र निमाबि तहबाट संकलित रु ६ लाख ८५ हजार ७ सय ६८ र माध्यमिक तहबाट संकलित ४ लाख ५ हजार ९ सय रुपैयाँ राहत कोषमा उपलब्ध गराईएको नगर शिक्षक महासंघले जनाएको छ ।
बिश्वमा महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को महामारिका कारण दैनीक समस्यामा परेका बिपन्न परिवार सम्म सहयोग पुग्न सकोस भन्ने उदेश्यले राहत कोषमा उपलब्ध गराईएको रकमको सहि सदुपयोग गरिने खाँदबारी नगरपालीकाका प्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिए । लक डाउनका कारण ज्यालामजदुरी गर्ने निम्न आय भएका र दैनीक गुजारा टार्न समस्या भएका बिपन्न परिवारलाई उक्त रकमबाट खाद्यान्न खरिद गरि बितरण गरिने नगरप्रमुख खतिवडाले जनाए ।
उनले खाँदबारी नगरपालिकाले गरेको अनुरोधलाई स्वीकार गरेर राहत कोषमा रकम र जिन्सी सहयोग गर्ने बिभिन्न संघसंस्था, नागरिक समाज शिक्षक बुद्धिजिवी लगायत सबैलाई धन्यबाद प्रकट गर्दै थप सहयोगका लागि आग्रह समेत गरेका छन् ।
नगरप्रमुख मुरारी प्रसाद खतिवडाले खाँदबारी नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा खाँदबारी नगरपालीकाबाट निर्वाचित जनप्रतिनिधीबाट संकलित रु ७ लाख ६ हजार ३ सय ६५, स्थानीय बरुण बहुमुखी क्याम्पसका शिक्षक कर्मचारीबाट रु २९ हजार ७ सय ६२, सल्भ नेपाल तुम्लिंगटारबाट १५ हजार, खाँदबारी नगरपालीकाका कर्मचारीबाट २ लाख ६६ हजार १ सय ४७, प्रदेश १ सरकारबाट १० लाख, र खाँदबारी नगरक्षेत्र भित्रका शिक्षक कर्मचारीबाट १० लाख ९१ हजार ७ सय रुपैयाँ गरि ५६ लाख १८ हजार ९ सय ८० रुपैयाँ कोरोना कोषमा जम्मा भएको छ जानकारी दिए ।
उनले हालसम्म जिल्लाका बिभिन्न ब्यक्ती र संघसंस्थाबाट नगरलाई प्राप्त भएको १४ हजार ४ सय ५० केजी चामल राहत स्वरुप बितरण गरिसकिएको समेत बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्