खाँदबारीका नब्बे बर्षिया सितादेवीद्वारा बिपन्न परिवारलाई चामल प्रदान
कोभिड १९ का कारण समस्यामा परेका बिपन्न परिवारलाई राहत उपलब्ध गराउनका लागि खाँदबारी १ का सीतादेवी बज्राचार्य र वहाँका परिवारले १० बोरा चामल उपलब्ध गराउनुभएको छ ।
यो महामारीको घडिमा समस्यामा परेका परिवारका लागि आफ्नो परिवारका तर्फबाट १० बोरा चामल उपलब्ध गराएर सामाजिक दायित्व पुरा गरेको ९० बर्षिया सीतादेवी बज्राचार्यले बताउनु भयो । वहाँले सवैले यो समयमा अप्ठेरो अवस्थामा रहेका बिपन्न परिवारलाई सहयोग गर्न सकिए महामारिको अवस्थालाई टार्न ठुलो राहत पुग्ने धारणा राख्नुभयो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष निरन्जन श्रेष्ठले सितादेवी बज्राचार्यको परिवारलाई धन्यबाद प्रकट गरेका थिए । अध्यक्ष श्रेष्ठले राहत स्वरुप प्राप्त १० बोरा चामल चाँडैनै बिपन्न परिवारलाई बितरण गरिने बताउनु भएको थियो ।
लामो समय देखिको लकडाउनका कारण जनजिवन अस्तब्यस्त बनेपछि शुरु गरिएको राहत बितरण अहिले ठप्प हुँदा बिपन्न परिवार थप समस्यामा पर्न थालेका छन् । बिश्वभर नै आतंङ्क मच्चाईरहेको कोरोना भाईरसको प्रकोपले पछिल्लो दिन झन बिकराल रुप लिन थालेपछि अहिले देशका ७७ जिल्ला प्रसासनले थप कडाई शुरु गरेको छ । माक्स नलगाई जथाभावी हिँडडुल गर्नेलाई पक्राउ गर्ने, जरिवाना तिराउने कार्य शूरु गरिएको जनाईएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्