संखुवासभामा योग अभ्यास शिक्षा लिनेको संख्या बढे
जारी लकडाउनकाबिच संखुवासभामा योग अभ्यास शिक्षा लिनेको संख्या बढेको छ । पानी पर्ने याम भए पनि टहरा निर्माण गरेर योग अभ्यास संचालन भइरहेको छ । दैनिक योग गर्नाले शरिरलाई धेरै फाइदा हुने योग अभ्यास कार्यक्रमका सहभागी दुर्गा पौडेलीले बताउनु भयो ।
योग अभ्यासका लागि खाँदबारीको घिमिरे गाउँमा महिला समुहले टहरा निर्माण गरेका छन् । टहरा निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी संखुवासभाले तीन वटा र स्थानीयवासी सुरज गौतमले एक वटा त्रिपाल उपलब्ध गराएका छन् ।
जिल्लाका विभिन्न ठाउँमा योग अभ्यास शिक्षा संचालनको माग भए पनि वर्षातको कारण संचालन गर्न नसकेको जिल्ला पतञ्जली यूवा समुहका अध्यक्ष तथा योग प्रशिक्षक क्षितिज बरालले बताउनु भयो ।
विरामी भएकाले मात्र योग गर्नुपर्छ भन्ने आम मानिसको बुझाइ रहेको छ । तर संखुवासभामा भने यूवादेखि वुद्धसम्म योग अभ्यास शिक्षामा रमाइरहेको प्रशिक्षक बरालले बताउनु भयो ।
हाल चैनपुरमा स्थापित क्वारेन्टाइन, खाँदबारीको वरुण क्याम्पस, खाँदबारी घिमिरे गाउँमा २ ठाउँ र नयाँ बजार पतञ्जली जिल्ला समितिको कार्यालय गरी ५ स्थानमा संचालन भइरहेको योग अभ्यास शिक्षालाई पतञ्जली जिल्ला समिति अध्यक्ष दीपक कटुवाल र पतञ्जली यूवा समुहका अध्यक्ष क्षितिज बरालले प्रशिक्षण दिइरहनु भएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्