सिन्धुपाल्चोकअपडेट : २० बेपत्ता ,२ जनाको मृत्यु

बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् ।
सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् ।
यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उहाँकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ । सभामुख बाह्रबीसेमा सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसे पुग्नुभएको छ । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल जानुहुने उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ हेलिकप्टरमार्फत सिन्धुपाल्चोकतर्फ प्रस्थान गर्नुभएको छ । उहाँसहित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल पनि हेटौँडाबाट प्रस्थान गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिन्धुपाल्चोकमा बाढी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्