दक्षिण कोरिया जान माग गर्दै आज प्रदर्शन
रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरिएको छ । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन ।
सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।
प्रदर्शनमा सहभागीले कि रोजगारी दिुनपर्ने कि कोरिया जान दिनुपर्ने र र कोरियाको लागि अन्तर्राष्ट्रिय उडान नियमीत गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनी गरेका थिए । प्रदर्शनमा सहभागी सागर अधिकारीले आफ्ना माग पूरा नभए चार हजार ५०० युवाहरुले आन्दोलन गर्नुको विकल्प नरहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्