टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि एभिन्यूजको पूर्वकर्मचारी आन्दोलित
एभिन्यूज खबर टेलिभिजन स्थापनाकालदेखि नै कर्मचारीलाई पारिश्रामिक दिने विषयमा बदनाम हुँदै आएको टेलिभिजन हो । जुन टेलिभिजनले जागिर छोडेर जानेहरुलाई पनि पारिश्रमिकको विषयमा सधै लफडा गर्दै आइरहेको छ । टेलिभिजन छोडेका कतिपयले ५/६ वर्ष बित्दा पनि आफुले पाउनु पर्ने बक्यौता रकम पाउन सकेका छैनन् ।
तर यसपटक भने टेलिभिजन छोडेका पूर्वकर्मचारी संगठित भई आफुले पाउनु पर्ने पारिश्रमिक जसरी पनि लिने भन्दै नेपाल पत्रकार महासंघ पुगेका छन् । आज विहानै भृकुटीमण्डपमा भेला भई उनीहरुले आफुले पाउन बाँकी तलब उल्लेख गर्दै हस्ताक्षर सहित महासंघमा उजुरी गरे । एभिन्यूज छोडेका करिब डेढ दर्जनले आफुहरुले काम छोडेको लामो समय बित्दा पनि पारिश्रमिक पाउन नसकेको गुनासो गरे । एभिन्यूज प्रशासनमा पारिश्रमिकका लागी फोन गर्दा कहिले के भनेर झुलाउने, कहिले थर्काउने गरेको उनीहरुको भनाइ छ ।
आज पारिश्रमिक माग गर्दै हस्ताक्षर गर्नेमा टेलिभिजन छोडेको २ वर्षदेखि ६ महिना समय बिति सकेकासम्म छन् । आफुहरुले दिएको समयसीमा भित्र पारिश्रमिक नपाए आन्दोलनका थप कार्यक्रम गर्ने उनीहरुले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #एभिन्यूजको पूर्वकर्मचारी आन्दोलित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्