लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडक अवरुद्ध
अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
गए राति करीब १ बजे सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरो खस्दा २०÷२५ मिटर सडक पुरिएको सडक डिभिजन कार्यालय दमौलीका सबइञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आज बिहान ७ बजेदेखि एक्साभेक्टरले पहिरो हटाउने काम भए पनि ठूल्ठूला ढुङ्गासहितको पहिरो रहेकाले हटाउन मुश्किल भइरहेको छ ।” कतिबेलासम्म पहिरो पन्छाउन सकिने यकिन गर्न नसकिए पनि कम्तीमा अपराह्न १÷२ बजेसम्म लाग्ने उहाँको भनाइ छ ।
पहिराले सडक अवरुद्ध बनाएपछि कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्दा रोकिएका छन् । अविरल वर्षा भएका बेला कुनै पनि समयमा सडकका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाउन सक्ने उच्च सम्भावना छ । यसअघि गत महिनामा मात्र दुई पटक सडक अवरुद्ध भइसकेको छ ।
त्यस्तै वर्षेनी वर्षायाममा पटक पटक पहिराले ६५ किमीको सो सडक अवरुद्ध बनाउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बेँसीशहर–चामे सडक अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्