Techie IT
मंगलबार, भदौ ३०,२०८३

रासस संखुवासभाका संवाददाता अधिकारीले दिए कैदीबन्दीलाई पंखा


राष्टिय समाचार समिति संखुवासभाका संवाददाता पदमबहादुर अधिकारीले जिल्ला कारागारका कैदीबन्दीलाई ३ थान पंखा उपलव्ध गराएका छन् । आफ्नो ४४ औ जन्मदिनको अवशरमा अधिकारीले कारागारका कैदी तथा बन्दीका लागि पंखा उपलव्ध गराउनुभएको हो । २५ जना क्षमता भएको कारागारमा १ सय २४ जना कोचाकोच गरेर बसेको सुनेपछि अधिकारीले पंखा उपलव्ध गराउनुभएको हो । गर्मीमा सानो भवन र कोचाकोच गरेर कैदीबन्दी बसेको थाहा पाएपछि जन्मदिनमा गरिने खर्च काटेर पंखा उपलव्ध गराएको उँहाकोे भनाई छ । पत्रकार अधिकारीले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्य मार्फत कैदीबन्दीलाई कारागार कार्यालय खाँदबारीमा पुगेर सोमबार पंखा हस्तान्तरण गर्नुभयो ।

प्रजिअ आचार्यले सानो सहयोगले कैदीबन्दीलाई गर्मीको समयमा ठूलो फाईदा पुगेको बताउनुभयो । कारागारका जेलर विनोद अधिकारीले समाचार संकलनमा खटिएका क्रियाशिल पत्रकारको यो काम सह्रानीय भएको बताउदै महिला र पुरुष कैदी बन्दीलाई गर्मीयाममा राहत मिलेको पनि बताउनुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक नवराज मल्ल, अनुसन्धानका डिएसपी सरोज पराजुली, पत्रकार महासंघका अध्यक्ष ईन्द्रकुमार गिरी, प्रेश युनियनका सभापति कृष्णराज शाक्य, कान्तिपुरका उपसम्पादक दीपेन्द्र शाक्य, नेपाल टेलिभिजनका संवाददाता सुजन बज्राचार्य, नागरिक चासो अनलाईनका सम्पादक खेवाहाङ्ग मेवाहाङ्ग लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्