बूढानीलकण्ठको प्रमुख प्रशासकीय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा
बूढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा हाजिर भएका छन् । गत साता नारायण प्रसाद रिसाल विदा भएसँगै आज (सोमबार) सापकोटा नगरपालिकामा उपस्थित भएका हुन् ।
स्थानीय निर्वाचन पछि सातौ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बूढानीलकण्ठमा प्रशासनिक नेतृत्व गर्न आएका बैकुण्ठ प्रसाद सापकोटालाई नगरप्रमुख उद्दव प्रसाद खरेल, उपप्रमुख रमादेवी राई लगायत अन्य जनप्रतिनिधि तथा कर्मचारी लगायतले स्वागत गरेका छन् ।
सापकोटाका अनुसार संघिय मामिला मन्त्रालयमा आग्रह गरेर आफ्नो ईच्छाले बूढानीलकण्ठ नगरपालिकामा आएको बताए । उनले भने, हामी ईलेक्टेड जनप्रनिधि र सेलेक्टेड कर्मचारीले नीतिगत कुराहरु कार्यान्वयन गर्ने र आफ्नो क्षमताले भ्यायसम्मका कार्यहरु सहजरुपमा गर्दा नगरले निकै मुहार फेर्ने बताए ।
नगरप्रमुख उद्दव प्रसाद खरेलले शुसासन, समृद्दि र विकासका काममा नगरको लक्ष्य, नीति र कार्यक्रमलाई पुर्ण रुपमा सफल पार्न उहाँको पुर्ण सहयोगको अपेक्षा गरेको बताए । बूढानीलकण्ठको समृद्धि, उन्नति र सुशासनको पक्षमा अलिकति पनि तलमाथि भएमा अन द स्पोर्ट कारवाही गर्ने समेत बताए । मुस्कान सहितको सेवा दिन आग्रह गर्दै नगरका काममा छिटो छरितो ढंगबाट गर्न आवश्यक रहेको बताए ।
उपप्रमुख रमादेवी राईले प्रमुख प्रशासकीय अधिकृत छोटो समयमै सरुवा हुँदा काममा विभिन्न खाले प्राविधिक समस्या हुने बताईन् । उनले भनिन्, कम्तिमा एक जना आएर २ वर्ष सम्म नफेरिने हो भने काममा थप सहजता हुने देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बूढानीलकण्ठको प्रमुख प्रशासकीय अधिकृत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्