मनमैजुमा ३० वर्षिए एक महिला फेसबुक लाइभमा आएर आत्महत्या
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ को बासुकीनाग टोलमा एक महिलाले आत्महत्या गरेकी छिन् । उदयपुर जिल्ला नरेगढी गाउँपालिका वडा नं. ३ स्थायी घर भएकी मृतक शर्मिला मगरले पासो लगाएर आत्महत्या गरेकी छिन् । ३० वर्षिय मगर करिव ७–८ महिना अघिदेखि श्रीमानसँग छुट्टिएर एक्लै बस्दै आएकी थिइन । उनको एक छोरा माइतीमा रहेको छ । श्रीमान भने बानियाँटारको ढलमलमा बस्दै आएका छन् । उनीहरु दुबैजना ज्यामी काम गर्दैै आएका थिए ।
यहि असार ७ गतेदेखि बासुकीनाग टोलमा सटर लिएर तरकारी पसल सञ्चालन गर्दै आइरहेको बासुकी नाग टोल विकास समितिका अध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । पाठककाअनुसार जहिलेपनि बिहान ५ बजे खुल्ने पसल आज नखुलेपछि स्थानीयहरु हेर्न जाँदा झुण्डीएको दखेपछि प्रहरि र जनप्रतिनिधिलाई खबर गरेका थिए ।
तारकेश्वर वडा नं. ९ का वडा अध्यक्ष बलराम सिटौला तत्कालै घटनास्थल पुगेका थिए । घटनास्थलमा मृतकले फेसबुक लाइभ गरेर झुण्डीएको देखिन्छ । मृतकका नाताले छोरी पर्ने एकजना महिलाले मृतकको फेसबुक लाइभ राती आएको भएपनि नहेरेको बताइन । जहिले पनि राती फेसबुक लाइभ आउने गरेको हुँदा हिजो लाइभ आइरहेको तर आफुले वास्ता नगरि सुतेको हुँदा बिहान यस्तो घटना सुन्न परेको बताएका छन् ।
Source – फरकपत्र
क्याटेगोरी : समाचार
ट्याग : #फेसबुक लाइभमा आएर आत्महत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्