संखुवासभा अमेरिका जनसम्पर्क समिति गठन
संखुवासभाबाट अमेरिकामा पुगेर बिभिन्न पेशा र ब्यवसायमा संलग्न संखुवासभालीहरुको संगठन संखुवासभा अमेरिका जनसंम्पर्क समिति गठन भएको छ ।
अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आईरहेका संखुवासभालीहरुको संगठन संखुवासभा अमेरिका जनसम्पर्क समितिले संखुवासभालिहरु बिच आपसि सद्भाव र सहकार्य बढाउँदै संखुवासभाको बिकास निर्माण लगायतका गतिबिधीहरुमा सहयोग पुर्याउने लक्ष राखेको टेक्सासबाट सल्लाहकार रोषण ढुङ्गानाले जानकारी दिनुभयो ।
संखुवासभाबाट अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गरिरहेका नेपाली काँग्रेसप्रति आस्थावान संखुवासभालीहरुको संगठन संखुवासभा अमेरिका जनसंम्पर्क समितिको नवगठित समितिको अध्यक्षमा कृष्णराज गिरी, बरिष्ठ उपाध्यक्ष महिपाल घिमिरे, उपाध्यक्ष अर्जून कुमार कार्की, महासचिवमा पदमराज तामाङ्ग, सचिव नेत्र पोखरेल, सहसचिव दिनेश डाँगी कोषाध्यक्ष छिरिङ्ग शेर्पा रहनुभएको छ । त्यसैगरि कार्यसमिति सदस्यहरुमा बिनोद गौली, दावा शेर्पा, निरमणी कालाखेती, प्रकास बोहोरा, नम्रता दाहाल, सुरथ कुमार डाँगी र असोक तामाङ्ग चयन हुनुभएको छ ।

यसैगरि सर्वसम्मत रुपमा चयन गरिएको नवनिर्वाचित समितिको सल्लाहकारहरुमा धर्मराज श्रेष्ठ, धर्म राज कोईराला, पियुस दाहाल, हरिकुमार श्रेष्ठ, रोषण ढुङ्गाना, कल्पना दाहाल र गोपाल घिमिरे रहनुभएको जनाईएको छ । नवनिर्वाचित समितिका कार्यसमिति सदस्य, पदाधीकारी तथा सल्लाहकार समितिका सदस्यहरुले संखुवासभाको बिकास निर्माणमा सहयोगि भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
कामको शिलशिलामा संखुवासभाबाट बिश्वका बिभिन्न क्षेत्रमा पुगेका संखुवासभालीहरुले जिल्लाकोे भौतिक बिकास निर्माण र सामाजिक क्षेत्रको बिकास लगायत अन्य जटिल र प्रकोपको बिषम परिस्थीतिमा समेत जिल्लाबासिलाई सहयोग गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्