स्वमसेवक संघद्धारा खानेपानी वितरण
काठमाडौँ, २० असार ः नेपाल स्वमसेवक संघले उपत्यकाका अस्पतालमा रहेका विरामीलाई खानेपानी उपलब्ध गराएको छ ।
संघले विभिन्न अस्पतालमा पुगि विरामी, विरामीको कुरुवालाई मिनरल वाटर उपलब्ध गराएको हो ।
कोरोना भाइरसको कारणले विरामीले सहजै खानेपानी नपाएकोले अस्पतालमा पुगि मिनरल वाटर उपलब्ध गराएको संघकी उपाध्यक्ष सीता सुवेदीले बताइन् । उनले त्रिवि शिक्षण अस्पतलामा ६००, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४००, मनमोहन कार्डियोलोजी सेन्टरमा ३०० र भक्तपुरको क्यान्सर अस्पतलमा ४०० गरी एक हजार ७०० क्रेट पानी उपलब्ध गराएको बताइन ।
उनका अनुसार अन्य अस्पतालमा गएर खानेपानी वितरण गरिने छ । खानेपानी वितरण संघका स्वयमसेवक हरि ठकुरि,बिनय महर्जन ,मोहन गमाल, मन्जु मिश्र, पवन भट्टराई पेम्बा छिरिशेर्पा लगायत रहेका छन् । यसअघि संघले बन्दाबन्दी मजदुर, विद्यार्थीलाई दैनिक खाना खुवाउने गर्दथ्यो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्