टोखा १० मा आधारधभुत स्वास्थ केन्द्र उद्घाटन
काठमाडौको टोखा नगरपालिका बडा नम्वर १० मा स्थापन भएको आधारभूत स्वास्थ केन्द्रको आज विहिबार उदघाटन कायक्रम सम्पन्न भएको छ ।
। टोखा नगरपालिका बडा नम्मर १० को सभाहलमा वडा अध्यक्ष मधुसुदन पाण्डेको सभाध्यक्षता तथा नगर प्रमुख प्रकास अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमा सम्पन्न भएको हो ।
टोखा निबासी १सय ११ औ वसन्त पार गर्नूभइ ११२ वर्षँमा प्रवेश गर्नुभएकी ममतामयी माता पूर्णकुमारी पाण्डेज्युको स्वास्थ्य जाँच तथा बटुकहरुबाट स्वस्तिक वाचन गरी उदघाटन गरिएको उक्र कार्यक्रमबारे प्रकास पादै सोही वडाका वडाध्यक्ष मधुसुद पाण्डेले स्थानिय सरकारको घोषण र यसले निर्धारण गरेको लक्ष्य अनुरुपनै आधारभुत स्वास्थय केनद्रको निर्माण गरिएकोले यसबाट भरपुर सेवा लिन वडाबासीलाइ अनुरोध गर्नूभयो ।
कार्यक्रममा नगरप्रमुख प्रकास अधिकारीले स्वास्थ्य नै धन हो भन्दै नगरबासी स्वास्थ्य हुनु भनेको नै आफनो ठुलो उपलव्धी हो भन्ने कुरामा जोड दिंदै विषेश गरि श्रमीक नगरबाससीका साथमा सवै नगरबासीको लागी सवै वडामा स्वाँस्ँथ्इ कोन्द्र संचालन गर्नकाा ालागी बजेट समेत विनियोजन गरेबो बताउनु भयो ।
आफ्रनो युवा अवस्था देखी नै नगरको दुरावस्थामाथी चिन्तन गर्नै आफ्नोे स्वभाव रहको जनाउद्रै प्रमुख अधिकारीले विश्वास गरि नगर प्रमुखको टिकट दिने पार्टी जिताउने सबै नगरबासी प्रति केतज्ञ बन्दै आफना कमी कमजोरी औल्याइ आफेनो सम्झेर सुधार्नै मौका दिन पनि अनुरोध गर्नु भयो ।

यस्तै गरि नगर उपप्रमुख ज्ञानमाया डङगोलले यस स्वस्थ्य केन्द्रबाट छिमेकी वडा ९ र ११ले पनि निशुल्क सेवा लिन सक्ने बताउनुभयो ।
यसै गरि कार्यक्रमका अतिथि श्री ब्रहमा कुमारी राज योग सेवा मुख्यालयका वरिष्ठ भ्राता राम सिहं भाइजीले स्वास्थ्य जीवन मानिसको जन्मसिद्ध अधिकार भएकाले भौतिक तथा शारिरिक स्वास्थ्यका साथसाथै आध्यात्मिक स्वस्थ्य पनि राम्रो हुनु पर्नै कुरामा जोड दिनुभयो ।
विश्व कोरोना भाइरस वा कोभिड १९ को महामारीको चपेटामा परेको अवस्थामा टोखा नगरपालिका पनि यसबाट अछुतो नरहेको र भविश्यमा यस भाइरसको नियत्तण र रोगथाममा समुदायको पनि महत्व पुर्ण भुमिका रहनेकुरालाइ जोड दिइ नगरपालिकाले उक्त कार्यक्रममा कोभिड १९को नियन्त्रण र रोगथाममा समुदायको जीम्मेवबारी विषयमासचेतनामुलक प्रस्तुतीकरणको आयोना गरेको थियो।
उक्र प्रस्तुितकरण अल नेपाल अस्पतालका प्रवन्ध निर्देशक निर्मल साप्कोटाले गर्नू भएको थियो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्