नेविसंघ संखुवासभाद्वारा गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा बिरामीलाई फलफूल बितरण
नेपाल विद्यार्थी संघ संखुवासभाद्वारा जिल्ला अस्पताल संखुवासभाका विरामीलाई फलफूल वितरण गरेको छ । शिखर पुरुष गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा कार्यक्रममको आयोजना गरिएको हो ।
जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा उपचार गराई रहेको १६ विरामीsलाई फलफूल वितरण गरिएको नेविसंघ संखुवासभाका सचिव कुमार ल्वागुनले जानकारी दिनुभयो । उँहाले नेविसंघ केन्द्रीय कार्य समितिको परिपत्र बमोजिम कार्यक्रम गरिएको बताउनुभयो । नेविसंघ संखुवासभाका कार्य वाहक अध्यक्ष ओम श्रेष्ठले कार्यक्रममा शिखर पुरुष गिरिजाप्रसाद कोईरालाले गरेको योगदानको स्मरण गर्दै कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
नेपाल विद्यार्थी संघ संखुवासभाको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेस संखुवासभाका सभापति दिपन कुमार श्रेष्ठ, सचिव निरु तामाङ (बस्नेत), जिल्ला तरुण दलका सभापति टकमान घले, नेविसंघ शिक्षा कलेज काठमाण्डौका सभापति अनुज चापागाईं, पुर्व महासमिति सदस्य शेर बहादुर वन, पुर्व महाभिवेसन प्रतिनधि अनन्त गौली, तरुण दल संखुवासभाका सचिव उमेश श्रेष्ठ, क्षेत्रीय कार्य समितिका सदस्य तथा सिलिचोङ कांग्रेसका उपसभापति संयोगान्त कुलुङ, पत्रकार महासंघ संखुवासभा अध्यक्ष इन्द्र गिरी, प्रेस युनियनका सभापति कृष्णराज शाक्य साथै विभिन्न भातृ संगठनका प्रमुख तथा पदाधिकारीहरु साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्