उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा ओली पक्षीय नेता प्रचण्डनिवास खुमलटारमा
काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको सकसको मन्थनका लागि दुवै अध्यक्ष पक्षीय नेता सक्रिय हुन थालेका छन् ।
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फरक–फरक भेला गरी स्थायी समिति सदस्यसँग परामर्श गरेपछि नेकपाभित्रको विवाद झन् गहिरो हुन थालेको थियो ।
यहि क्रममा ओलीनिकट मानिएका सचिवालय सदस्य तथा उपप्रधान र रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा, संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेता प्रचण्डनिवास खुमलटारमा विहीबार बिहान पुगेका छन् ।
दुई अध्यक्षबीच चिसिएको सम्बन्धलाई सहमति र समाधानोन्मुख गर्दै पार्टीको विवाद साम्य पार्ने उद्देश्यसहित प्रचण्डसँग परामर्शका लागि पोखरेल नेतृत्वमा नेताहरू खुमलटार पुगेको स्रोतले जनाएको छ ।
बुधबार अबेरसम्म प्रचण्डलगायत अन्य नेताले झम्सीखेलमा ३० जना स्थायी समिति सदस्यसँग छलफल गरेको बिहानै ओली पक्षीय नेता खुमलटार पुगेका हुन् ।
विहीबार सुरु हुने स्थायी समिति बैठकअघि भएको यो भेटलाई विवाद समाधान र पार्टीमा देखिएको समस्याको पेरिफेरिमा अर्थपूर्ण रुपमा हेरिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्