पत्रकारलाई कारवाही सिफारिसबारे खुलाई पठाउन काउन्सिलको अनुरोध
नेपाल पत्रकार महसङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटीरूपमा पत्रकारलाई कारवाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीयरूपमा महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले आफूमाथि कारवाहीका लागि जारी गरेको पत्रप्रति दुःख व्यक्त गर्दै पत्रकार नवराज धानुकले दिनुभएको निवेदनका आधारमा काउन्सिलले सो विषयमा खुलाई पठाउन आग्रह गरेको हो ।
पत्रकार धानुकले काउन्सिलमा प्रस्तुत गर्नुभएको उजुरी निवेदनमा भनिएको छ, “पत्रकारकै संस्था, पत्रकारकै हकहितका लागि आवाज उठाउन छोडी स्वतन्त्ररूपमा पत्रकारिता गर्दै आएको श्रमजीवी पत्रकारको जागिर जाँदासमेत कुनै समन्वय र छलफलबिना एकलौटीरूपमा कारवाहीका लागि गरिएको सिफारिसप्रति आवश्यक छानबिन गर्न अनुरोध गर्दछु ।” पत्रकार धानुकले आगामी दिनमा त्यस किसिमको गल्ती नदोहो¥याउने र पत्रकारिताको उच्च सम्मान गर्ने प्रतिबद्धता गर्दै महासङ्घ कञ्चनपुरले खेलेको भूमिकाप्रति थप छानबिन गर्न र आफूलाई न्याय दिन अनुरोधसमेत गरेका छन् ।
काउन्सिलका उपप्रशासकीय अधिकृत तथा आचारसंहिता अनुगमन उपसमिति (विद्युतीय) का सचिव रामशरण बोहोराले सोमबार पठाउनुभएको पत्रमा “उक्त विषयमा के–कसो भएको हो ? खुलाई पठाउन अनुरोध गरिन्छ”, भनिएको छ ।
विगत लामो समयदेखि पत्रकारिताको आचारसंहिता र मापदण्डलाई उच्च सम्मान गर्दै विभिन्न क्षेत्रमा हुँदै आएको भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिका विषयमा बोल्दै आइरहेको बेला परिस्थितिअनुरुप हुन गएको गल्तीका बारेमा सार्वजनिकरूपमा माफी र क्षमायाचना माग्दामाग्दै पनि अतिरञ्जित गर्दै आफूविरुद्ध भएको षड्यन्त्रका कारण थप पीडित हुनुपरेको पत्रकार धानुकको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल पत्रकार महसङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्