तारकेश्वरको धर्मस्थली र साङ्गलामा पनि भेटियो सलह किरा
खेतीबालीका लागि निकै खतरनाक मानिएको सलह किरा काठमाडौंसहित देशका विभिन्न जिल्ला पुगेका छन् । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवन, काभ्रे, सिन्धुली, रामेछाप, काठमाडौं, ललितपुर, लमजुङ, अर्घाखाँची, दाङ, पाल्पालगायतका जिल्लामा सलह किरा देखिएको जनाएको छ ।
यसै बिच आज काठमाडौको तारकेश्वर नगरपालिका अन्र्तगत धर्मस्थली र साङ्गलामा पनि सलह किरा भेटिएको छ ।
थोरै मात्रामा धर्मस्थलीमा भेटिएको धर्मस्थली निवासी अजय महर्जनले फेसबुक वालमा लेखेका छन ।
यसै बिच त्यको केही समयमा सोही नगरपालिका अन्र्तगत साङ्गामा पनि भेटिएको श्याम कार्कीले बताए ।
काठमाडौंको दक्षिणकाली नगरपालिका र ललितपुरको महांकाल गाउँपालिकामा दिउँसो ३ बजे सलह देखिएको थियो । कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख निर्मल गदालका अनुसार दिउँसो ३ बजे देखिए पनि किरा काठमाडौं र ललितपुरमा बसेका छैनन् । ‘काठमाडौं र ललितपुरको आकाशमा देखिए पनि कतै बसेनन्, काभ्रेतिर गएको अनुमान छ,’ उनले भने । त्यस्तै, धादिङको धादिङबेँसीमा सानो संख्यामा सलह किरा देखिएका छन् । चितवनको खैरहनी, कालिका र भरतपुर महागरपालिकाको दिव्यनगरमा देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सलह किरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्