तारकेश्वोरका शिक्षकहरुबाट कोरोनाविरुद्ध लड्न नगरपालिकालाई १३ लाख सहयोग
तारकेश्वर काठमाडौ । तारकेश्वरका शिक्षकहरुले कोरोना भाइरसको महामारीविरुद्ध लड्न तारकेश्वर नगरपालिकालाई १३ लाख १३ हजार ६ सय ४१ रूपयाँ सहयोग गरेको छ ।
आइतबार शिक्षकका बिभिन्न पेशागत सङ्घ सङ्घठनहरुका (NNTA ,UANTO र NTA) नगर समिती अध्यक्षहरूवाट सामाजिक दुरी कायम गरी नगर प्रमुख रामेश्वर बोहरालाई कार्यकक्षमै गएर हस्तान्तरण गरेको साङ्गला बालकुमारीका शिक्षक समुन्द्र तिमिल्सिनाले बताए ।
सामुदायिक विद्यालयका शिक्षकहरू तर्फबाट मा बि तर्फ ५ दिन र आधारभुत तर्फ ३ दिन को तलब बाट बराबर हुने रु १३ लाख १३ हजार ६ सय ४१ रुपैया जम्मा गरिएको हो ।
तारकेश्वर नगरपालिकाको मेयर रामेश्वर बोहराले जताततै अभाव भैरहेका बेला उपलब्ध गराएको सहयोग रकम निकै उपयोगी हुने बताए।
मेयर बोहराले नगरपालिकाको आकस्मिक कोसमा रकम जम्मा गरेर ठूलो सहयोग पुर्याएको बताए।
उनले कोरोना संक्रमणको विपत्तीमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वोरका शिक्षक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्