Techie IT
आईतबार, साउन १०,२०८३

मनकामना रत्न अम्बिका मावि द्वारा बिपन्न ६० जना विद्यार्थीका परिवारलाई राहत


संखुवासभाको तुम्लिङ्गटारमा रहेको मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयले ६० जना विद्यार्थीका परिवारलाई आईतबार राहत वितरण गरेको छ । कोरोना भाइरसका कारण समस्यामा परेका गरिव, जेहेन्दार र दलित विद्यार्थीका परिवारलाई साढे १२ किलो चामल, १ किलो नुन, एक किलो तेल र ४ सय रुपैयाँका दरले छात्रबृत्ति वितरण गरिएको प्रधानाध्यापक कुवेरप्रसाद भेटुवालले बताउनुभयो ।

विद्यालयले ५० जना विद्यार्थीको निशुल्क आखा परिक्षण समेत गरेको छ । अत्यन्तै विपन्न र गरिव विद्यार्थीका अभिभावक र विद्यार्थीको पहिचान गरेर विद्यालयकै खर्चमा उनीहरुलाई राहत वितरण गरिएको हो । कक्षा १ देखि १२ सम्म अध्यायनरत विद्यार्थी छनौट गरेर राहत वितरण गरिएको हो । विद्यालय वन्द रहेको अवश्थामा ज्यालादारी काम गर्ने अभिभावकले पनि रोजगारी नपाएकाले उनीहरुलाई समस्या हुँदै आएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्