नेकपाको प्रस्तावलाई जबर्जस्ती पेल्दै पत्रकारको क्यामरा फुटाउने नुवाकोट कांग्रेसका नेताविरूद्ध किटानी जाहेरी दर्ता (भिडियो)
१२ असार, नुवाकोट । पत्रकारमाथी आक्रमण गरेर क्यामेरा तोडफोड गर्ने काँग्रेसका तीन जना वडाअध्यक्षहरुलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा किटानी जाहेरी दर्ता गरेको छ । आज टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीले उजुरी दर्ता गर्नुभएको हो । तारकेश्वर गाउँपालिकाको वडा नं. १ का अध्यक्ष दयानिधि अधिकारी, वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङको नाममा उजुरी दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले यस विषयमा अनुसन्धान र छानविन सुरु गरेको छ । प्रहरीलाई समेत आक्षेप लगाएर पत्रकारको क्यामेरा तोडफोड भएको अभिव्यक्ति दिने वडाअध्यक्ष पक्राउका लागि प्रहरीले सूचना संकलन थालिसकेको छ । असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनको क्रममा पत्रकार सुजित भण्डारीको हातबाट क्यामेरा खोसेर तोडफोड गर्ने तीनै जना वडाअध्यक्षहरुलाई हदैसम्मको कारबाही र क्षतिपुर्तीको माग गरिएको छ । सोही कार्यक्रममा समाचार संकलनका लागि पुगेका त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीलाई समेत हातखुट्टा भाच्ने धम्की उनीहरुले दिएका थिए ।

घटनाको जिम्मा लिनुको सट्टा वडाअध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले हिजो विज्ञप्ती जारी गरी पत्रकारको हातबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको क्यामेरा तोडफोड कसरी भयो प्रहरीले जानुन् भनेका छन् । पत्रकार भण्डारीको हातबाट खोसेर बाहिर फालिएको क्यामेरा बाहिर लात्तिभकुण्डो भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
अहिलेसम्म फिर्ता नभएको उक्त क्यामेरा गाउँसभा भएको स्थल वरपर क्षतिग्रस्त अवस्थामा देखिएको प्रहरी श्रोतले बताएको छ । घटनास्थलको र क्षति पुगेको क्यामेराको अवस्थाको प्रहरीले मुचुल्ला तयार गरेको छ । क्यामेराका अवस्था दखेकाहरुका अनुसार त्यसमा प्रयोग हुने मेमेरिकार्ड, ब्याट्री हराएको छ । क्यामेरामा जडित शिशाका भागहरु पूर्णरुपमा ध्वस्त भएको छ ।
प्रेस स्वतन्तत्रताको हनन् र जनप्रतिनिधिहरुले गरेको गुण्डागर्दी शैलीको चौतर्फी आलोचना भएको छ । पत्रकार महासंघ जिल्ला, प्रदेश, केन्द्रिय समितिले घटनाको तत्काल छानविन गरि कारबाही गर्न माग गरिरहेको छ । क्षतिपुर्ती अविलम्ब दिलाउन समेत महासंघले माग गरिरहेको छ । त्यस्तै, आदिवासी जनजाती पत्रकार संघ जिल्ला र प्रदेश समिति, फोटो पत्रकार महासंघ जिल्ला, प्रेस संगठन नेपाल नुवाकोट लगायतका पत्रकारिता पेशाका छाता संस्थाहरुले घटनाको भत्र्सना गर्दै घटनामा सम्लग्न वडाअध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।
तीन दिनमा आइपुग्यो मोटरसाइकल
असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनका लागि पत्रकारले चढेर गएको मोटरसाइलका अहिले विहान मात्रै विदुर आइपुगेको छ । १० गते पत्रकारलाई दुव्र्यबहार, क्यामेरा तोडफोड र हाँतखुट्टा भाँच्ने धम्कीका कारण राती १२ बजे प्रहरीको गाडीमा पत्रकार विदुर फर्किएका थिए । टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीलाई हातपात गर्दै गाउँसभा छायाङ्कन भइरहेको क्यामेरा वडाअध्यक्षहरुले तोडफोड गरेका थिए ।
१० गते दिनभरि पत्रकारहरुलाई बाहिर निस्कन समेत नदिएरमा उनीहरुले मानसिक त्रासमा राखेका थिए । शौचालय जानसमेत प्रहरीको सहायतमा माग्नुपर्ने अवस्थाको सृजना गराएका काँग्रेसका वडा अध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङका कारण पत्रकारले समाचरा स.कलन गर्न समेत पाएका थिएनन् । १० गते राती १२ बजे प्रहरीको गाडी चढेर पत्रकार भण्डारी विदुर आइपुगेका थिए ।
आफ्नो सवारी साधन (मोटरसाइकल)मा आउन नसक्ने अवस्थामा र व्यक्तिगत रुपमै इंकित गरेर आक्रमणको प्रयास भएपछि मोटरसाइकलको साँचो गाउँपालिकाको कार्यालयमा जिम्मा लगाएर उनी फर्किएका थिए । आज विहान साढे नौं बजे तारकेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधव घिमिरेले सो मोटरसाइकल विदुर ल्याई पत्रकार भण्डारीलाई हस्तान्तरण गरेका छन् ।
मोटरसाइकल नम्वर नै नोट गरेर क्षती पु¥याउने योजनामा बसेका काँग्रेसका नेता तथा कार्यकर्ताहरुका कारण १० गतेदेखि आज विहानसम्म भण्डारीले प्रयोग गर्ने मोटरसाइकल गाउँपालिकाको कार्यालयले लुकाएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय घिमिरे आफैले मोटरसाइकल चलाएर ल्याई पत्रकार भण्डारीलाई हस्तान्तरण गरेर फर्किएका छन् ।

दैनिकी बाट साभार
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकारको क्यामरा फुटाउने
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्