मैले वोल्दै नवोलेको कुरा युवटुवले प्रचार गरेर मेरो मानमर्दन गर्यो : नेता गौतम
काठमाडौँ, ९ असार । नेकपाका उपाध्यक्ष वामदेव गौतमले वोलेका कुरालाई एक युट्युब च्यानलले आफूलाई जोडेर अनर्गल प्रचार गरेको बताएका छन् ।
उक्त युवटुव च्यानलले आफूले नेपालको सिमाबाट भारतीय फौज हट्नुपर्ने वोलेको कुरालाई बग्याइ अनर्गल प्रचार गरेको उनले बताएका छन् ।
‘‘मैले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भन्नेजस्ता अव्यवहारिक, असान्दर्भिक तथा उत्तेजक अभिव्यक्ति दिएको भनी प्रसारित उक्त च्यानलले मेरो मानमर्दन गरेको छ, ’’ उनले भनेका छन्, ‘‘उक्त युट्युब च्यानलका कारण यदि कोही भ्रममा हुनुहुन्छ भने कृपया मेरा यिनै पंक्तिलाई आधार मानेर स्पष्ट हुनुहुन हार्दिक अनुरोध गर्दछु । ’’
उनले भारतीय पक्षबाट सिमा अतिक्रमण गरिएको कुरालाई आफूले उठाउदै आएको भन्दै तर सिमा अतिक्रमण समस्या समाधान कुनै फौजी गतिविधिबाट हुन्छ वा हुनुपर्छ भन्ने मान्यता आफूले आजसम्म कहिल्यै नराखेको स्पष्ट पारेका छन् ।
‘‘हामी हाम्रो भूमि रक्षाका निम्ति जस्तै कठिन संघर्ष र बलिदानी भूमिका निभाउन तयार छौं,’’ उनले भनेका छन् ‘‘तर, सीमा मामिला सुल्झाउने अनेकन मार्ग प्रशस्त हुँदाहुँदै अहिल्यै फौजी विधिबाट अगाडि बढ्ने विषय आउन सक्दैन ।’’
युट्वु च्यानलले उपाध्यक्षले भारतद्धारा अतिक्रमण गरिएको भूमि फिर्ता कुटनीतिक पहलबाट समाधान गर्नुपर्दछ भन्ने वोलेको कुरालाई भारत कालापानीबाट हट्न मान्दैन भने चीनबाट हतियार ल्याएर भएपनि वदला लिनुपर्ने शीर्षकमा समाचार बनाएको थियो ।
नेता गौतमले भारतसंग जवरजस्ती नभई वार्ताबाट सहमति गरेर भूमि ल्याउनुपर्नेमा सुझाव दिए ।
उनले आफूले आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा हरदम राष्ट्र र राष्ट्रियताका मुद्दालाई स्पष्ट रुपमा प्रस्तुत गर्दै आएको समेत स्मरण गराए ।
विगतमा भएको असमान महाकाली सन्धि होस् या अहिले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा हाम्रो भूमि अतिक्रमित एकै सन्दर्भ किन नहोस् आफू यस विषयमा सधैं स्पष्टताका साथ लागिरहेकोमा कुनै शंका नगर्न समेत आग्रह गरेका छन् ।
सरकार र समस्त जनता सीमा विवादको समाधान कुटनैतिक विधिबाट गर्नुपर्नेमा दृढ रहेको समेत जानकारी गराए ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै रहेकोमा कुनै विवाद नभएको भन्दै ति क्षेत्रमा रहेका भारतीय फौजलाई निकाल्ने वा वहिर्गमन गरी मुलुकको सार्वभौमसत्ता कायम गर्नुपर्ने बताएका छन ।
नेता गौतमले आफूले २२ बर्ष अघिदेखि नै कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको भन्दै आएपनि अहिले भारतले जम्बु र काश्मिर सहित ति क्षेत्र समेटेर नक्सा जारी गरेपछि नेपालीलाई राष्टिय जागरण आएको समेत बताए । उनले व्रिटीश सरकार (इष्ट इण्डिया कम्पनी) संग गरिएको सन् १८१६ को सम्झौता खारेज गर्नुपर्ने समेत जोड दिए ।
‘‘जुन संग हामीले सन्धि गरेका थियौ । अहिले त्यो पक्ष भारतमा छैन । त्यसैले सन्धि गर्ने एउटा पक्ष नभएपछि त्यो सन्धि स्वत खारेज हुन्छ, ’’ उनले भने, ‘‘त्यसैले सन् १८१६ को सुगौली सन्धि खारेज हुन्छ । त्यतिवेला नेपालको रहेको ४ लाख भूमि नेपालकै हुन्छ ।’’
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्