तारकेश्वरमा प्लटिङ्गको बिवाद हुँदा ९६ बर्षिय वृद्धको टाउको फुट्यो , स्थानियलाई ज्यान मार्ने धम्की
काठमाडौ । तारकेश्वोर नगरपालिका वडा न २ काभ्रेस्थली देबिस्थानमा अवस्थित प्लटिङ्गमा ठुलो बिवाद भएको छ । देबिसथान गाउँको बोचको मुलबाटोमा रहेको सबिक हिमपाइप प्लटिङ्ग साहु बिनोद पन्डितले आफ्नो प्लटिङ्गमा पानी गएको भन्दै पुरानो साबिकको ढल निकाली आफू खुशी फालि दिएको स्थानियहरुको भनाइ छ ।
गाउँमा जाने एक मात्र बाटो बिग्रीएको हुँदा सो बिषयका लाही सम्बन्धित २ वडाका अध्यक्ष र अन्य ब्यक्तिहरुको रोहवरमा सम्बन्धित बिषयमा छलफल गर्न प्लटिङ्गका साहु बिनोद पन्डित नआइ अनका भतिजो दिपक पन्डित आइ बिहान छलफल गरि केही भनाभन भएको र फेरी सो बिषयमा छलफल गर्ने दिउसो एकासी प्लटिङ्गको साहु बिनोद पन्डिले आफू छलफलमा नआइ तिमीहरूलाई के गर्छु हे भन्दै उल्टै ३०र४० जनाको सख्यामा गुन्डा पठाइ दादागिरी स्वरुप स्थानीय बासिन्दालाई ज्यान मार्ने धम्की सहित कुटपिट गरेको काभ्रेस्थलीका समाजसेवी बिक्रम खड्कीले बताए ।
३०र४० जनाको संख्यामा आएका युवाहरुले काभेस्थली घट्टेखोला पुलन नजिक घरमा बसिराखेका ९६ बर्षिय वृद्ध हिरा बहादुर खड्गी र देबिस्थाका चन्द्र तामाङ, अजय तामाङ लाई इट्टाका टुक्रा, ढुङ्गा, फलामे रडले हाने सक्त घाइते बनाएको र निज ब्यक्तिको टाउकेमा गम्भीर चोट लागेको उनको भनाइ छ ।
स्थानिय घाइते सानुकान्छा तामाङलाई सामान्या घाइते बनाइ भाग्ने क्रममा केही मोटरसाइकल र मोबाइल फेला परेको र सो सामान प्रहरी समक्ष बुझाइएको खड्गीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्लटिङ्गमा ठुलो बिवाद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्