थापाको टिमको परोपकारी काममा लोभलाग्दो सक्रियता
काठमाडौं । कोरोना संक्रमणको कारण नेपाल सरकारले लकडाउन गरेपछी कैयौं हुँदा खाने एबम आर्थिक रुपमा बिपन्न परिवारलाई खाद्यान्नको संकट एबम अभाव हटाउनको लागि विभिन्न सहयोगी हातहरुको साथ रहेको छ जसमा भक्तपुरका कल्पना गौतम,ललितपुरका मिरा साह, ईन्दिरा घले, बेवि राजभण्डारी काठमाडौं बाट राजन थापा, सीता जिसि, काजिलाल श्रेष्ठ , रिमा साईराम, लिलावतिसिंह ठकुरी, लक्ष्मीदेवी उप्रेती र इनरुवाबाट राजेश पाखरेल, प्रमोद मण्डल लगाएतका ब्याक्तित्वहरुको विशेष पहल एबम सहयोगमा काठमाडौका विभिन्न स्थानमा राहात बितरण गरेका भैरहेको छ ।
विशेष गरि गंगवु, भक्तपुर, ललितपुर, चाबहिल, गौसला, सातदोबाटो , कपन, धुम्बराही, बानियाटार, नेपालटार, लगायतका विभिन्न स्थानमा खाद्यान्न बितरण गरेका छन् । कोरोनाको त्रास मात्रै कहाँ हो र, यहाँ त दिनभर कमाएर साँझ छाक टार्न पर्ने आम मानिसहरु भोकले मर्ने अबस्थामा छन । विशेष गरि यो जटिल परिस्थितिमा मानिसहरुका सपनाहरु त चकनाचुर त भएनै, यही बेलामा महंगी र कालो बजारीले समेत उनीहरुलाई थिचेको छ ।
लकडाउनका कारणले समस्यामा परेका जनतालाई थोरै भए पनि राहत पुगोस भन्ने उद्देश्यले हामीले यो अभियानलाई संचालन गरेका हौ र हाल सम्म विभिन्न स्थानमा गरेर करिव ५०० परिवारलाई अहिलेसम्म राहात बितरण गरेको छौं भन्छन् अभियान टोलीका एक सदस्य पत्रकार एबम समाजसेवी राजन थापा ।
बिशेषत शारीरिक अपांगता भएका, सुत्केरी, एकल महिला साथै सरकारबाट राहत बितरण गर्दा छुटेका र जो नागरिकता नभएर राहत नपाई भोकै बस्नु पर्ने अवस्था थियो तिनिहरुको लागि राहत बितरण गरिएको बताईएको छ । पत्रकार थापा भन्छ्न “यसरी परोपकारी तथा मानव सेवामा लगाएको समय खेर जादैन, यसले धर्म त हुन्छ नै आत्मसंन्तुष्टी पनि मिल्नेछ भन्ने हेतुले यो कार्यमा जुटेका हौ।
विभिन्न माध्यमबाट सहयोग तथा हौसला प्रदान गर्ने सबै प्रति आभारी छौ। बिपत को बेलामा आफूसंग हुनेले दिने, नहुनेले मागी खाने अबस्था छ । त्यसैले बिन्ती गर्दछु, ‘आफू सक्दो सहयोगमा सबै जना जुटिदिनुहोला, मानव जातीमा गरेको यो अबस्थाको लगानी खेर जाँदैन । उहांँहरुलाई हाम्रो सानो सहयोगले खान पुग्छ, चुलो बल्छ, पेट भरिन्छ भने त्यो भन्दा अनगिन्ती खुशी अरु हुन सक्दैन जस्तो मलाई लाग्दछ।”
लकडाउनका कारणले असहज परिस्थितिमा परेका मानिसहरुलाई सहयोग गर्न चाहाने इच्छुकहरुले विभिन्न माध्यमबाट पनि सम्पर्क गर्न सकिने अभियान समुहका सदस्य एबम पावर न्युज मासिक पत्रिका तथा नेशनल पावर न्युज डट कमका ब्यवस्थापक एबम पत्रकार, समाजसेवी राजन थापा बताउँछन्।
क्याटेगोरी : समाचार
ट्याग : #परोपकारी काम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्