काठमाडौंको तारकेश्वरमा पत्रकार मञ्च गठन
काठमाडौंको तारकेश्वरमा नगरपालिका स्तरीय साझा पत्रकार संगठन गरिएको छ । तारकेश्वर पत्रकार मञ्च नाम दिइएको सो संगठनको नगरपालिका क्षेत्रभित्रका विविध गतिविधिको प्रचार–प्रसार गर्ने र तारकेश्वर नगरपालिकालाई समृद्ध गर्ने योजनामा सहयोग गर्ने उद्धेश्य रहेको जनाइएको छ । आज भएको भेलाले पुकार तिमिल्सीनाको अध्यक्षतामा एक पछि थप्नेगरी १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरु
संगठनको उपाध्यक्षमा उद्धवराज भेटुवाल, महासचिव शुसान्त न्यौपाने, सचिव कपिल भण्डारी, कोषाध्यक्ष सबु बस्नेत, सह–कोषाध्यक्ष प्रकाशराज कार्की, सदस्यहरुमा श्रीकृष्ण ढकाल, मोहन अधिकारी, जीवन हमाल, अस्मिता धमला, हरिराम भेटुवाल, जमुना धमला, सुप्रिमा लुइँटेल र सुनिता सिटौला रहेका छन् । समितिको आजै बसेको बैठकले ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहरा, प्रा डा केशवराज खड्का, श्रीराम पुडासैनी, श्रीराम केसी, सागर पण्डित, महेशजंग कुँवर र लक्ष्मीराज भण्डारी रहेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै शहरी बिकाश राज्य मन्त्रि रामविर मानन्धर
कार्यक्रममा प्रमुख अतिथि शहरी बिकाश राज्य मन्त्रि रामविर मानन्धरले पत्रकारले पनि समाजको लागि केही गर्न सक्छन् भन्ने उदाहरण दिन आग्रह गर्दै पेशा कसैको पनि सानो वा ठूलो नहुने भएकोले सरकाले गरेका सकारात्मक कामको सही मुल्यांकन गरी समाचार संप्रेसन गर्न पत्रकारहरुलाई आग्रह गरे । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री भीमसेनदाश प्रधानले हिजो आन्दोलनमा गोलीको प्रवाह नगरी समाचार संप्रेसन गर्ने र जोखिम मोलेर फोटो खिच्ने पत्रकारले अहिलेपनि राज्यको गल्ती कोट्याउन सक्नुपर्ने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै सांसद भीमसेनदाश प्रधान
तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले भौतिक विकास र मानव जीवनमा आइपर्ने सबैखाले समस्यासँग जुध्ने काममा हातेमालो गर्न आफू तयार रहेको बताए । राजधानी दैनिकका सम्पादक सागर पण्डितले मिडिया राज्यको चौथो अंग भएकोले कसैलाई हचुवाको भरमा नभई सृजनात्मकरुपमा सहयोग गर्नुपर्ने बताए । उनले यसरी संगठित भएर राज्यलाई राम्रो कामको लागि झक्झक्याउने काम गरेकोमा आयोजक पत्रकारहरुलाई धन्यवाद दिँदै स्थानीय तहहरुले मिडियालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्तव्य राख्दै तानपाका प्रमुख रामेश्वर बोहरा
कार्यक्रममा (नेकपा) तानपाका लवकुमार श्रेष्ठ, कांग्रेसका विष्णुभक्त उप्रेती, पत्रकार शुसान्त न्यौपाने, ध्रुवराज खड्का, उद्धव अधिकारी लगायतले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए । श्रीराम केसीको अध्यक्षतामा भएको कार्यक्रम मनमैजु सांस्कृतिक समाज अन्तरगत सञ्चार विभागले आयोजना गरेको हो ।
गोल मिडिया
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा पत्रकार मञ्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्