कोभिड १९ को संक्रमणबाट दुईको मृत्यु, संक्रमित ६७१ थपिए
काठमाडौ ४ असार । नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा दुवै जना कैलालीका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले बताए । पछिल्लो दुई जना थपिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या आएपछि धनगडीकै नवजीवन अस्पतालमा उपचारका लागि गएका उनलाई जेठे ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसपछि उनलाई सेती प्रदेशिक अस्पताल सारिएको र उपचारकै क्रममा बुधबार बेलुका ७ बजेर ५२ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
त्यस्तै कैलालीकै लम्की चुहा नगरपालिका– २, की ४३ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको हो।
उनको जेठ ३१ गते टाउकोमा चोड लागेको र सबड्युरल हेमाटोमा भएका कारण उपचारका लागि नेपालगन्ज मेडिकल कलेमा भर्ना गरिएको थियो।
सर्जरी गर्नुअघि उनको पीसीआर परीक्षणका लागि असार २ गते स्वाब संकलन गरिएको थियो। उनको बुधबार बेलुका कोरोना पुष्टि भएको थियो भने उनको मृत्यु मंगलबार असार २ गते नै भएको थियो।
संक्रमित ६७१ थपिए
बितेको २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेका छन। योसंगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्