वामदेव सरकारमा जाने हल्ला पूर्णत निराधार
काठमाडौँ, ४ असार । नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू अहिलेको सरकारमा सहभागि नहुने बताएका छन । आज उनका सहयोग विश्वमणि सुवेदीले सामाजिक सञ्जालमा गौतम सरकारमा जाने हल्ला पूर्णत निराधार भएको बताएका छन् ।
‘‘सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द होस्,’’ उनले भनेका छन् ‘‘ प्रधानमनत्री केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् ।’’ यसअघि नेपालको संसोधित नक्सा जारी गर्ने एजेण्डा नै गौतमकै नै रहेको उनले भनेका छन् ।
उनले वामदेव आफ्नो कित्तामा अडिग रहेको भन्दै एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा नरहेको कुरा बताएका छन् ।
‘‘सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ ’’ उनले लेखेका छन् ‘‘ वामदेवलाई पनि त्यहीँ भेटिदैछ । उहाँ अझै केही समय सार्वजनिक प्रतिक्रियामा आउनुहुने छैन ।’’
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #वामदेव गौतमले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्