संखुवासभामा पनि कांग्रेसले बुझायो ज्ञापन पत्र
नेपाली कांग्रेस जिल्ला कार्य समिति संखुवासभाद्वारा आज प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मालाई १२ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरिएको छ ।
जिल्ला सभापति दीपनकुमार श्रेष्ठद्धारा जारी ज्ञापनपत्रमा कोभिड १९ सँग सम्बन्धित रहेर जोखिम न्यूनिकरणमा तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव पार्ने विपदबाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्न सुझाव दिईएको छ । सरकारले लकडाउन लाई प्रभावकारी उपयोग गरेर राष्ट्रिय विपत्तिमा स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता गराउँदै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई समेत विशेष सुरक्षा अपनाएर अगाडि बढ्न सुझाब दिईएकोे छ ।
त्यस्तै गरी ७७ वटै जिल्लामा पीसिआर टेष्ट स्थापना गर्न, दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न सुझाउँदै ज्ञापन पत्र बुझाएको संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जानकारी गराउनु भयो । नेपाली कांग्रेस संखुवासभाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थितिमा सामाजिक दुरी कायम गर्दै प्रजिअ मार्फत ज्ञापनपत्र बुझाइएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्