तारकेश्वर नगरले बनाएको २ करोडको वाल एक महिनामै ढल्यो , नगरप्रशासनको कार्य क्षमता माथि प्रश्न
इन्जिनियरहरुको कमजोर क्षमता
२ असार, काठमाडौं । तारकेश्वर नगरपालिकाको वडा नं. २ मा निर्माणधिन करिव २ करोडको वाल भत्किएको छ । तारकेश्वर नगरपालिका स्तरीय बजेटबाट निर्माण भएको पर्खाल एक महिनापनि टिक्न सकेन । नगरपालिकामा ५ लाख भन्दा बढिको योजनामा नगर उपप्रमुखले अनुगमन गर्ने प्रचलन छ ।
तारकेश्वर वडा नं. २ को कोइराला खोलामा इन्जिनियर र ठेकेदारको मिलेमतोमा कम रकममा कमजोर पर्खाल लगाइएको हुँदा भत्किन गएको स्थानीय रामसुदन फुयाँलले बताउनुभयो । फयाँलका अनुसार अहिलेसम्म आधा काममात्र सम्पन्न भएको छ ।
हिजो मात्र ठेकेदारले वालमा माटो फिल गरेको थियो । पर्खाल बनाउने क्रममा सुरुमै स्थानीयहरुले पर्खालको फाउण्डेशन सानो भएकोमा विरोध गर्नुका साथै ठूलो बनाउन माग गरेका थिए । स्थानीयको विरोधलाई वास्ता नगरी इन्जिनियर हरेराम प्याकुरेल र ठेकेदारको मिलेमतोमा काम भएको थियो ।
पर्खाल लडेको स्थानमा स्थानीयहरुले जनप्रतिनिधि, ठेकेदार र इन्जिनियरलाई बोलाएका थिए । तर अहिलेसम्म उक्त स्थानमा ठेकेदारबाहेक अरु कोही पनि नआएको स्थानीयको गुनासो छ ।
वाल बनाएको ठाउँमा ५–७ दिन अघि डोजर लगाउँदा खानेपानीको पाइप र टेलिकमको अप्टिकल फाइबर ध्वस्त भएका कारण स्थानीयहरु अहिले आक्रोशित भएका छन् । नगरपालिकाको २ कोरोडको योजना भएपनि ठेकेदारले टेण्डरमा १ करोड ३३ लाखमा योजना हात पारेको थियो ।
तारकेश्वरमा अहिलेसम्म निर्माण भएका नगरस्तरीय कामहरु धेरैजसो गुणस्तरयुक्त देखिदैन । इन्जिनियरहरुको कमजोर क्षमता र अनुभव नभएका कारण तारकेश्वरमा भएका विकास निर्माणका योजनाहरु पनि गुणस्तरीय बन्न नसकेको नेपाली काँग्रेसका प्रदेस सांसद्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनाले बताउनुभयो ।




क्याटेगोरी : समाचार
ट्याग : #कार्य क्षमता माथि प्रश्न, #तारकेश्वर नगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्