भरतमोहन स्मृति फाउण्डेसनबाट ९०० जनालाई भोजन वितरण
काठमाडौं, २ असार – पूर्व उपप्रधान एवम् अर्थमन्त्रीको स्मृतिमा स्थापित भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले ९०० जनालाई भोजन वितरण गरेको छ । फाउण्डेसनले मंगलबार बुढानिलकण्ठमा दिन दु:खी, असहाय, मजदुर एवम समस्यामा परेकाहरुलाई खाना वितरण गरेको हो । भोजन वितरण कार्य साँझ ४ बजे शुरु भएको थियो । फाउण्डेसनकी सदस्य लिमा अधिकारीको अगुवाइमा भएको भोजन वितरण कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारी लगायत फाउण्डेसनका सदस्यहरु जयन्ती राई,खम्ब खत्री, शान्ति अधिकारी लगाएतको उपस्थिति उपस्थिती रहेको थियो । कार्यक्रम स्थानीयहरु, प्रहरी प्रशासनको सहयोगमा सम्पन्न भएको थियो ।
राहत वितरण पस्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले कोभिड १९ का कारण सिर्जित प्रतिकुलताका कारण गर्जो टार्न मुश्किलमा परेका तप्कालाई राहत स्वरुप भोजन वितरण गरिएको बताईन ।
त्यसैगरि फाउण्डेसनकी सदस्य लिमा अधिकारीले भोजन गराउदा भिड हुने ठानेर सामाजिक दुरी कायम गर्दै भोजन वितरण गरिएको जनाइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #भरतमोहन स्मृति फाउण्डेसन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्