१ नंप्रदेशले ल्यायो ४० अर्ब ८९ करोड रुपैयाँको बजेट
प्रदेश नं. १ सरकारले आर्थिक वर्ष०७७/७८ का लागि ४० अरब ८९ करोड बराबरको बजेट ल्याएको छ ।
सोमवार विराटनगरस्थित प्रदेशसभा भवनमा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेशको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालु खर्च तर्फ १८ अरब ९३ करोड अर्थात ४३.२९ प्रतिशत र पूँजीगत तर्फ २१ अरब ९२ करोड अर्थात ५३ प्रतिशत बजेट विनियोजन प्रस्तुत गर्नुभयो ।
गत वर्ष प्रदेश सरकारले ४२ अरब २० करोड रुपैया बराबरको बजेट ल्याएको थियो । प्रदेश सरकारले कोरोना महामारीका कारण प्रभावित क्षेत्रलाई पुनर्उत्थान गर्ने उद्देश्यले स्वास्थ्य, कृषि र श्रम तथा रोजगार क्षेत्रलाई प्राथमिकिकरण गरेको भएपनि बजेटमा सबैभन्दा बढी पूर्वाधार तथा यातायात क्षेत्रमा ८ अरब ७४ करोड रुपैया विनियोजन गरिएको छ ।
प्रदेशसभा सांसदहरुलाई विकास निर्माण कार्यमा प्रत्यक्ष रुपमा संलग्न गराउन प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा राखिएको छ ।
प्रदेश नं. १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रका लागि २ करोडका दरले १ अरब १२ करोड रुपैया विनियोजन गरिएको छ । यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रत्येक सांसदहरुको सिफारिशमा योजना कार्यान्वयनका लागि १ करोड रुपैया दरले ९३ करोड रुपैयाँ छुट्याइएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्