कोरोनाको आशंकामा मृत्यु भएपछि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र सिल
संखुवासभाको चैनपुर नगरपालिका २ मयममा ३५ वर्षीय यामबहादुर कार्कीको मृत्यु भएपछि कोरोनाको आशंकामा प्राथमिक स्वास्थ्य केन्द्र सोमबारबाट सिल गरिएको छ । झापा रत्नमाई नगरपालिकाका कार्की २ महिना अगाडि आएका थिए । उनलाई एक्कासी ज्वरो आएपछि सोमबार विहान उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा ल्याएपछि सिल गरिएको हो । प्राथमिक स्वास्थ्य क्षेत्र आसपासको क्षेत्र पनि सिल गरिएको छ ।
मृतकको स्वाव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाईएको छ । स्वाव परीक्षणको नतिजा नआउन्जेल उपचार सेवा बन्द गरिएको मेडिकल अधिकृत डा विनोद वेकोजुले बताउनुभयो । उनको शव लिएर आएका गाडी चालकको समेत स्वाव परीक्षणका लागि पठाइएको छ । उनलाई क्वारेन्टाइनमा राखिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्