कोरोनाले वातावरण संरक्षण गर्न सिकायो
काठमाडौँ । कोरोनाले वातावरण संरक्षण गर्न सिकाएको सरोकारावालाले जोड दिनु भएको छ । तराई विकास तथा संचार केन्द्र, नेपालले आज यहाँ आयोजना तथा काठमाडौ महानगरपालिकाको सहकार्यमा भएको “मानविय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रममा उनीहरुले वातावरण संरक्षण मानिस स्वयम्ले गर्नुपर्ने बताएका छन । काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले कोरोना भाइरस जस्तो महामारीले प्रकृति मानिस कसरी वस्नु पर्दछ भन्ने पाठ सिकाएको बताउनुभयो । उहाँले अहिले बन्दाबन्दी (लकडाउन)ले गर्दा देशभरिको नै वातावरण स्वच्छ रहेकोले अहिल्यै कै जस्तै वातावरण बनाउन सवैले फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
“मानिसले पहिले भूकम्पको कारण वातावरण संरक्षणमा जोड दिएका थिए । खुला ठाउँ छोड्ने अग्ला घर नबनाउने जस्ता कुरामा केही समय ध्यान दिएका थिए ” उहाँले भन्नुभयो, “तर केही बर्षमा त्यसलाई विर्सका थिए । अहिले फेरि कोरोनाले मानिसलाई वातावरण संरक्षण गर्नुपर्दछ भन्ने सिकाएको छ ।” उहाँले लकडाउनले गर्दा वोटविरुवाले राम्रोसंग श्वास फेरेर देश नै सुन्दर बनाएर मुलुकलाई चिनाएको बताउनुभयो ।
उहाँले नेपाल गौतमवुद्ध र पशुपतिको देश भएर यहाँका जनतालाई केही नभएको भन्दै नेपालीमा इम्युनिटी पावर बढी रहेकोले नै महामारीको भयाभव स्थिति नभएको स्पष्ट पार्नुभयो । उहाँले कोरोना जस्तो महामारीले नेपालीलाई खानपान, व्यवहारमा परिवर्तन गरेको उल्लेख गर्नुभयो । उहाँले काठमाडौ महानगरले वातावरण संरक्षण गर्नुपर्दछ भनेर एक घर दुई वोटविरुवा रोप्ने अभियान संचालन गरेको बताउनुभयो । कार्यक्रममा काठमाडौका जिल्ला प्रमुख अधिकारी जनकराज दाहाल लकडाउनले मात्र समस्या समाधान नहुने भन्दै लकडाउनका स्वरुप परिवर्तन गरिएको बताउनुभयो । उहाँले भोलिदेखि जनजिवनलाई सहज बनाउन लकडाउनको स्वरुप परिवर्तनगरिन थालिएको बताउनुभयो । उहाँले सरसफाई राख्न सकेमात्र कोरोना भाइरसबाट बच्न सकिने भन्दै कुहिने र नकुहिने फोहोरलाई अलग अलग व्यवस्थापन गर्नसकिने बताउनुभयो ।
कार्यक्रममा महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौ उपत्यकामा दैनिक एक हजार १४३ मेटिक टन फोहोर उत्सर्जन हुने भएकोले त्यसलाई व्यवस्थापन गर्न स्थानीयवासीको अग्रसरता हुनुपर्ने बताउनुभयो । उहाँले उपत्यकाको फोहर व्यवस्थापन नुवाकोटको बन्चरेडाँडामा भइरहेकोले अव त्यहाँ व्यवस्थापन गर्न समस्या हुने बताउनुभयो । “ फोहर व्यवस्थापन गर्ने काम घरबाट नै हुनुपर्दछ ” उहाँले भन्नुभयो, “ एउटा घरबाट दैनिक ३०० ग्राम निस्कने फोहरलाई कौसी खेती, करेसावारीमा खेतीमा प्रयोग गर्नुपर्दछ ।” उहाँले काठमाडौमा मात्र दैनिक एक हजार राँगाको बध गर्ने भएकोले त्यस्तो वधको अन्त्य गर्न महानगर लागिरहेको जानकारी दिनुभयो । कार्यक्रममा ओम समाज डेन्टल अस्पतालका प्रमुख डा सुवास घिमिरेले दाँत र मुख सफा भए ९० प्रतिशत रोग नलाग्ने बताउनुभयो । उहाँले कोरोना भाइरसबाट बच्न पनि नियमित दाँतको सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो अस्पतालले स्थलगत रिर्पोटिग गर्ने पत्रकार, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क दन्तसेवा प्रदान गरिरहेको बताउनुभयो । वातावरण पत्रकार समूहका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सल्लाहाकार तीर्थ कोइरालाले उपत्यकामा सहरिकरण समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले नेताका भाषण मात्र नलेखेर वातावरणले पार्ने प्रभावका बारे लेख्नुपर्ने बताउनुभयो । महासंघका केन्द्रीय सदस्य तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईले लकडाउनका कारण धुँलो धुँवा नभएकोले सुन्दर वातावरण देख्न सकिएको भन्दै सवै मिलि वातारण संरक्षण गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा प्रमुख अतिथि अर्यालले ओम समाज डेन्टलका प्रमुख डा. घिमिरेलाई लकडाउन अवधिभरि संचारकर्मीलाई निःशुल्क सेवा प्रदान गरेवापत सञ्चारकेन्द्रको तर्फबाट सम्मान गर्नु भएको थियो । लकडाउन अवधिभरि १५० भन्दा बढी संचारकर्मीको दाँत परीक्षण गरिएको डेन्टलका प्रमुख डा. घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा उच्च अदालत पाटनका न्यायधिश मोहम्मद साविर हुसेनको समेत सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #एकनारायण अर्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्