जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
संखुवासभा : खाँदबारी नगरपालिका घर भएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा २६ बर्षीय युवक खाँदबारीबाट समातिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।
उक्त किशोरी र पीडकबीच मामाभान्जीको सम्बन्ध रहेको प्रहरीले जनाएको छ । ती युवाले पटक पटक किशोरीलाई जबर्जस्तीकरणी गर्दै आएको खुलेको छ ।
साल्पासिलिछो गाउँपालिका मामाघर गएको अवस्थामा ती युवाले पटक पटक जबरजस्ती करणी गरेको पीडितका आफन्तले उजुरी दिएको प्रहरी निरीक्षक राईले बताउनुभयो । खाँदबारीबाट पक्राउ परेका उनलाई बिहीबार नै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको राईले बताउनुभयो । ती किशोरीको ५ महिनाको गर्भसमेत रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्