भोजपुरमा थप ५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ६ पुग्यो
भोजपुरमा थप ५ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ५ जना थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । ४८ जनामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
भारतबाट आएका ४२ जना, ४ जना सुरक्षाकर्मी र २ जना स्थानीयको पीसिआर परिक्षण गरिएकोमा भारतबाट आएका षडानन्द नगरपालिकाका १७, १९, २९, ३० र ३२ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि भएका ५ जना नै जेठ १३ गते सुनौली नाका हुदै भोजपुर पुगेका हुन् । कोरोना संक्रमण पुष्टि भएकालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको भए पनि प्रदेश सरकारले मोरङको गोठगाँउ पठाउनु भनेकाले उतै पठाइने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । उनले कोरोना संक्रमण पुष्टि भएकालाई पठाउन सवारीको अभाव भएको बताए ।
१३ गते सुनौली नाकाहुदै भारतबाट आएका ६ जना मध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी १ जनालाई अरुण गाउँपालिकास्थित जरायोटारमा होल्डिङ सेन्टर राखिएको छ । भोजपुरमा यसअधि कोरोना संक्रमण पुष्टि भएका एक पुरुष भने कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्