चन्द्रागिरिमा जेसिबी डोजर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं ,जेष्ठ २३।
चन्द्रागिरि नगरपालिकामा जेसिबी डोजर दुर्घटना हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ। बिहीबार बिहान पौने १० बजे मकवानपुरको गणेशमान सिंह लोकमार्ग हुँदै थानकोट तर्फ जादै गरेको ना १ क ७२९३ नम्बरको जेसिबी चन्द्रगिरी नगरपालिका–४ सेते पहरामा दुर्घटना भएको थियो।
प्रोगेसिभ कन्सट्रक्सन प्रालिको जेसिबी सडकबाट २५० मिटर तल खसेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।दुर्घटनामा मकवानपुर थाहा नगरपालिका ०४ का ३३ वर्षीय चालक पुर्णध्वज केसी र सहयोगी २७ वर्षीय अनिल दिसुवा घाइते भएका थिए।
उनीहरूको तत्काल उद्दार गरी उपचारको लागि नेशनल ट्रमा सेन्टर अस्पताल लगिएको थियो। चालक केसीको उपचारको क्रममा बिहीबार राति पौने १२ बजे मृत्यु भएको वृत्तले जनाएको छ। साथै सहयोगी दिसुवाको अवस्था भने सामान्य छ।
कपन अनलाइन
क्याटेगोरी : समाचार
ट्याग : #जेसिबी डोजर दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्