उपत्यकामा लकडाउन लाई थप प्रभावकारी बनाउने निष्कर्ष
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड–१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान समयमा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालेको हो । सरकारले यही जेठ ३२ सम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ ।
बैठकमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बन्दाबन्दीका अवसरमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो । बैठकले विदेशबाट आउने नागरिकलाई राख्ने होल्डिङ सेन्टर व्यवस्थित बनाउने र उनीहरुलाई सहजरुपमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।
सरकारले शुक्रबारदेखि विदेशमा बस्ने नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउँदैछ । बन्दाबन्दीको अवधिमा बुधबारमात्रै व्यवसायीले स्वतःफूर्तरुपमा पसल खोल्ने निर्णय गरेको सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो तर कुनै निष्कर्ष भने नभएको बताइएको छ ।
अहिलेको अबस्थामा जनस्तरबाट उठेका प्रश्नमा समेत समीक्षा भएको र सरकारलाई केही महत्वपूर्ण विषय सिफारिस गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार बन्दाबन्दीलगायतका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव लिनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लकडाउन लाई थप प्रभावकारी बनाउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्