शुक्रबार र शनिबार देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भन्दै सावधानी अपनाउन मौसमविद्को सुझाव
काठमाण्डाै – शुक्रबार र शनिबार देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भन्दै सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
अरब सागरमा बनेको चक्रवात निसर्ग कमजोर हुँदै गए पनि नेपालसम्म आइपुग्दा यसले असर गर्ने भएकाले आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा सामान्यदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले यसकै प्रभावले वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने, बाढी र पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
यसैगरी उच्च हिमाली भेगमा हिमपात पनि हुने उहाँको अनुमान छ । निसर्ग चक्रवातसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले अहिले पनि देशभरिकै मौसम बदली भइ सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश ५ का केही ठाउँमा पानी परिरहेको उहाँले जानकारी दिनुभयो ।
आज पनि देशका धेरै ठाउँको मौसम पूर्णरुपमा नखुल्ने तर आजको भन्दा भोलि र पर्सीको मौसम अझै बिग्रने सम्भावना रहेको मौसमविद् पौडेलको भनाइ छ । पर्सी शनिबार बेलुकीदेखि भने मौसम खुल्दै जाने उहाँको अनुमान छ ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्