भारतबाट आएका सुनसरीका ७ जनामा कोरोना पोजेटिभ
सुनसरी – दुई हप्ताअघि भारतबाट आएका सुनसरीका सातजना कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इस्राइल मन्सुरीका अनुसार भारतको गुजरातबाट आएका उनीहरूमा पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो ।
भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सातजना संक्रमित पाइएकाे हाे । कोरोना संक्रमण पुष्टि हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का एक पुरुष, वार्ड नम्बर ४ का चार पुरुष, वार्ड नम्बर ५ र वार्ड ८ का एक-एक पुरुष गरी सात जनामा कोरोना देखिएकाे हाे ।
पाँच दिनअगाडि कोशी अस्पताल विराटनगरबाट आएका स्वास्थ्यकर्मी टोलीले उनीहरूको स्वाब टेस्ट गरेका थिए । कोरोना संक्रमण पाइएपछि उनीहरूलाई थप उपचारका लागि धरान पठाउने तयारी गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्