Techie IT
सोमबार, असार २९,२०८३

संखुवासभामा खोलाले बगाएर बालिकाको मृत्यु


संखुवासभाको खाँदवारी नगरपालिका–८ की ८ बर्षिया बालिकाको सभाखोलाले बगाएर मृत्यु भएको छ दिपक राईको ८ बर्षीया छोरी कोरीना राईको सभाखोलाले बगाएर मृत्यु भएको हो ।

बुधबार दिउँसो सवा १२ बजेको समयमा दुबै बुबा छोरी दोभानटार तर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा अचानक दुबै जना खोलामा लडेर दुवै जनालाई बगाउँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुबा दिपक राई भने पौडिएर निस्कन सफल भएको तथा बालिकालाई बगाएको स्थान भन्दा करिव साँढे १ किलोमिटर तल मृत अवस्थमा फेला पारिएको साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्